×

Dabur
MG

एसिया कप

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन गरेको भारतलाई एसिया कपको उपाधि

काठमाडाैं | भदौ ३१, २०८०

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

श्रीलंकाविरुद्ध फाइनलमा सनसनीपूर्ण प्रदर्शन गर्दै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ ।

yONNEX
Sagarmatha Cement

झिनो ५१ रनको लक्ष्यलाई ६.१ ओभरमा पूरा गर्दै भारतले एसिया कपको उपाधि जितेको हो । झिनो रनको लक्ष्य पछ्याउँदा १० विकेटले विजयी भयो । एसिया कपमा यो भारतको आठौं उपाधिसमेत हो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

भारतलाई १० विकेटले जिताउने क्रममा ओपनर शुभमन गिलले २७ र इशान किशानले २३ रनको योगदान दिए । 


Advertisment
Kumari
Saurya island
Pardeshi

मोहम्मद शिराजले ६ विकेट लिएपछि भारतले ५१ रनको झिनो लक्ष्य प्राप्त गरेको थियो ।

Vianet communication
Laxmi Bank

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाका ब्याटिङ लाइनअप ध्वस्त बनाउने क्रममा भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण ६ विकेट लिए । 

पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिएपछि शिराजले चौथो ओभरमा श्रीलंकालाई चार विकेट लिएर ध्वस्त पारेका हुन् । 

उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएपछि श्रीलंका धर्मरायो । 

५.४  ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिए ।  

७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाएका हुन् । 

हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए । 

भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो । 

श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो । 

श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्‍यो । 

यो भारतको ८ औं एसिया कपको उपाधि हो ।

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ५, २०८०

साउदी प्रो लिगअन्तर्गत ब्राजेलियन स्टार नेयमारसम्मिलित अल हिलालले लगातार अंक बाढेको छ । बिहीबार राति दमक क्लबविरुद्ध अल हिलालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । अल हिलालले खेलको नवौं मिनेटम...

असोज ६, २०८०

स्पेनी क्लब बार्सिलोनाका प्रशिक्षक जेभिएर हर्नान्डेज क्रिउज (जावी) ले क्लबसँग आफ्नो सम्झौता थपिएको घोषणा गरेका छन्।  सन् २०२१ मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका बार्सिलोनाका पूर्व मिडफिल्डर जावीले आफ्नो सम्झौता...

असोज ६, २०८०

एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार)देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा शुरू हुँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन्।  ...

असोज ५, २०८०

१९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुर...

असोज ६, २०८०

सन् २०२३ को विश्वकपअघि भारतीय क्रिकेट टोली आईसीसी एकदिवसीय वरीयतामा नम्बर १ टिम बनेको छ । मोहालीमा भएको एकदिवसीय क्रिकेटमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै भारतीय क्रिकेट टोलीले नयाँ इतिहास रचेको हो । ...

असोज ५, २०८०

नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका निवर्तमान अध्यक्ष रामजीबहादुर श्रेष्ठले एसियाली खेलकुद प्रतियोगिता (एसियन गेम्स)मा सहभागी हुने खेलाडीलाई योनेक्सको सामान नबोक्न दबाब दिएको खुलेको छ ।​​ ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x