असोज ४, २०८०
राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फूटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ...
एसिया कप क्रिकेटको फाइनलमा श्रीलंकालाई ध्वस्त बनाउन भारतीय फास्ट बलर मोहम्मद शिराजले सनसनीपूर्ण प्रदर्शन गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले पहिलो ओभरदेखि नै विकेट गुमायो ।
पहिलो ओभरमै जसप्रित बुमराहले विकेट लिए ।
तर मोहम्मद शिराजले चौथो ओभरमा श्रीलंकालाई ध्वस्त पारेका हुन् । उनले एकै ओभरमा श्रीलंकाको चार विकेट लिएका हुन् । ५.४ ओभरमा ५ विकेट पूरा गरेका शिराजले ११.२ ओभरमा व्यक्तिगत छैटौं विकेट लिएका हुन् ।
७ ओभरमा १ मेडन राख्दै २१ रन दिएर शिराजले फाइनलमा ६ विकेट आफ्नो नाममा लेखाए ।
हार्दिक पाण्ड्याले पनि २.३ ओभरमा ३ रन दिएर ३ विकेट लिए ।
भारतीय बलरसामु शुरूदेखि नै धर्मराएको श्रीलंका अन्ततः १५.२ ओभरमा ५० रन बनाएर अलआउट भयो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले बनाएको १७ र दुशान हेमन्थले नटआउट बनाएको १३ रन नै उच्च दोहोरो अंकको रन बन्न पुग्यो ।
श्रीलंकाका ५ खेलाडीले कुनै रन बटुल्न सकेनन् । ५० रन बनाउँदा श्रीलंकाले ५ वटा मात्रै चौका प्रहार गर्यो ।
राजधानीमा आजदेखि सुरु भएको साफ यू–१९ च्याम्पियनसीप फूटबल प्रतियोगितामा भारतले बङ्गलादेशलाई फराकिलो अन्तरले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले बङ्गलादेशलाई ...
नेपाल ब्याडमिन्टन संघ तदर्थ समितिका निवर्तमान अध्यक्ष रामजीबहादुर श्रेष्ठले एसियाली खेलकुद प्रतियोगिता (एसियन गेम्स)मा सहभागी हुने खेलाडीलाई योनेक्सको सामान नबोक्न दबाब दिएको खुलेको छ । ...
१९औं एसियाडअन्तर्गत महिला फुटबलमा नेपालले आज भियतनामसँग पहिलो खेल खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भियतनामबीचको खेल वेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समयानुसार पौने १ बजे शुर...
साउदी प्रो लिगअन्तर्गत ब्राजेलियन स्टार नेयमारसम्मिलित अल हिलालले लगातार अंक बाढेको छ । बिहीबार राति दमक क्लबविरुद्ध अल हिलालले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । अल हिलालले खेलको नवौं मिनेटम...
एसियाली खेलकुद प्रतियोगिता आज (शनिबार)देखि चीनको उत्तर दक्षिणी सहर हाङचउ सहरमा शुरू हुँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले हाङचउ स्पोर्ट्स पार्क स्टेडियममा विशेष कार्यक्रमबीच प्रतियोगिता उद्घाटन गर्नेछन्। ...
उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल प्रतियोगितामा नेपाल भियतनामसँग पराजित भएको छ । चीनको हाङझाउमा आज भएको उक्त प्रतियोगिताअन्तर्गत समूह डि को पहिलो खेलमा भियतनामले नेपाललाई २&n...
तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...
नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...
मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...