×

गैह्रीगाउँ हत्याकाण्ड: पासपोर्ट बनाउन काठमाडौं गएका थिए नवीन

विराटनगर | भदौ ३१, २०८०

शनिवार राति काठमाडौंको गैह्रीगाउँमा हत्या गरिएका चारमध्ये एक थिए मोरङको बेलबारी–२ का २० नवीन राई ।

उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ पासपोर्ट बनाउनका लागि एक महिना अगाडि मात्रै काठमाडौंमा गएका थिए । उनकी एक जना दिदी छिन् । गैह्रीगाउँ हत्याकाण्डमा राईसँगै दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलकोसमेत हत्या भएको थियो । 


Advertisment

नवीनलाई केही समयअघि लाहुर पठाउन भनेर आमा कान्छीमाया लिम्बूले धरान पठाएकी थिइन् । नवीन धरानमा ‘ट्रेनिङ’ सकेर काठमाडौं गएका थिए ।


Advertisment

काठमाडौंमै केही काम गर्ने र विदेश जाने उनको तयारी थियो । ‘फुपूको छोरासँगै पासपोर्ट बनाउन भनेर काठमाडौंमा गएका रहेछन्,’ नवीनकी छिमेकी खड्गमाया लिम्बूले भनिन्, ‘फुपूका छोरा हिजो मात्रै घर आए । नवीनले पासपोर्ट नबनाइ घर गए आमाले गाली गर्नुहुन्छ, मैले पासपोर्ट लिएर देखाउनु छ भनेर भनेका रहेछन् ।’

प्रहरीले घटनामा संलग्न भएको आशंकामा दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको छ ।

छिमेकी खड्गमायाका अनुसार दीपेन्द्र नवीनको ठूलो बुबाको छोरा हुन् । दीपेन्द्र नवीनका दाजु पर्छन् । नवीनका बुवा पहिले त्यहीँ काठ मिलमा काम गर्ने गरेको छिमेकीहरू बताउँछन् । नवीन काठमाडौं गएपछि दीपेन्द्र पनि सँगै बस्ने गरेका थिए । दीपेन्द्रले भने अन्यत्र नै काम गर्ने गरेका थिए । 

‘नवीनसँगै भुजेल परिवारका पनि तीन जना मारेका रहेछन् । मृतक कुमार र नवीनको केही दिनअगाडि मात्रै झगडा भएको थियो भनेर नवीनकै फुपूका छोराले उनका आफन्तलाई सुनाएको रहेछन्,’ खड्गमायाले भनिन्, ‘खासमा नवीन कसैसँग पनि झगडा गर्दैन थियो । आमा पनि साह्रै मेहनती थिइन् । गाउँमा आएका बेला सबैलाई भेटेर बोलेर मात्रै हिँड्ने गरेका थिए ।’

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x