×

Dabur
MG

झापा विद्रोहबारे धेरै सुनिएको थियो । गहिरो अध्ययन गर्ने जाँगर चलेको थिएन अथवा कुनै अवसर पाइएको थिएन । सामान्य जानकारी थियो । भारतको नक्सलवादी विद्रोहबाट युवाहरूमा परेको प्रभावले झापा विद्रोह भएको र सामन्तहरूका घाँटी रेटिएका कुरा छिटपुट सुनेको/पढेको थिएँ ।

yONNEX
Sagarmatha Cement

कम्युनिस्ट आन्दोलनमा जोडिएपछि जमिन्दार/सामन्तकै घरपरिवारका युवाहरूले गरेको विद्रोह हो भन्ने कुरा पनि ज्ञात हुन्थ्यो । झापा विद्रोहको कुरा आउँदा धर्म ढकाल र उनका छोरा ज्ञानी ढकालको हत्याको विषय महत्त्वपूर्ण भएर आउँथ्यो । गहिरो अध्ययन नहुँदासम्म धर्म ढकाल जग्गा/जमिन भएका सामन्त होलान् भन्ने कुरा मात्रै मष्तिष्कमा थियो । उनीबारे अरु जानकारी र चासो थिएन । शहीदहरूका सन्दर्भमा कुरा गर्दा सुखानी जङ्गलमा शहीद भएका पाँच जना शहीदहरू रामनाथ, वीरेन, नेत्र, कृष्ण, नारायणको कुरा सम्झनामा आउँथ्यो । जेल र हिरासतको कुरामा केपी ओली, राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारी मात्रै आँखाअगाडि आउँथे । जेल ब्रेक गरेर भाग्न सफल सीपी मैनालीलगायत सीमित पात्रहरूको कथाले हाम्रो मष्तिष्कमा झापा विद्रोहको चित्र निर्माण भएको थियो । हुनत इतिहास रगत बगाउनेहरूभन्दा रगत नबगाउनेहरूकै बेसी लेखिएको छ । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

झापा विद्रोहबारे सामान्य लेखहरू पढिएको थियो । कहिलेकाँही युट्युबका केही भिडियोहरूबाट ज्ञान लिइएको थियो । तर, गहिरो अध्ययन गर्ने उत्कट चाहना मनमा थियो । सामाजिक सन्जाल फेसबुकमार्फत् ‘झापा विद्रोहको अन्तर्कथा’ पुस्तकबारे जानकारी भयो र अर्को दिन किनेर ल्याइयो । दुईदिनमै पढेर सकियो । राति साढे २ बजे पुस्तक पढेर सकेपछि पढ्दै जाँदा मानसपटलमा बसेका चित्रहरूले निदाउन दिएनन् । आँखाअगाडि झापा विद्रोहको चलचित्र शुरू भयो ।


Advertisment
Kumari
Saurya island
Pardeshi
बलिदान गर्ने समय आउँदा क्रान्ति अलपत्र पार्दै मुख्य नेतृत्व भागेका छन् । ती चाहे झापा विद्रोहका राधाकृष्ण, केपी वा सीपी हुन् या जनयुद्धका प्रचण्डदेखि एकीकृत जनक्रान्तिका विप्लव नै किन नहुन् । यी सबै मृत्युदेखि डराएर क्रान्तिबाट भागेका भगौडा हुन् भन्न किन नपाइने ?

विद्रोहका सजिव चित्रहरूले आक्रोश, भावना र निर्ममताको आहालमा कतिबेला पौडी खेल्ने बाध्य बनायो थाहै भएन । विद्रोहीहरूले कत्लेआम गरेका सामन्त र जमिनदारहरूप्रति कुनै दया जागेन । क्रान्तिकारीहरूले गरेको दुःख, यातना, त्याग र बलिदानप्रति असाध्यै भावुक भइयो । भारतबाट नेपालमा चलिरहेको विद्रोहमा सरिक बन्न आएका राजेन र भोगेनप्रति यति सम्मान जाग्यो कि सबै सीमा पार गर्‍यो । र कम्युनिस्टहरूको अन्तर्राष्ट्रियतावाद यही हो कि भन्ने पनि अनुभूति भयो । जेलबाट छुटेपछि पुनः जमिन्दारको घरमा आश्रय लिन पुगेका झापा विद्रोहका योद्धा ठूलो दुर्गा अधिकारीको जीवनले निराश बनायो । झापा विद्रोहको नेतृत्वप्रति आक्रोश पैदा भयो र सचेत पनि बनायो ।  

Vianet communication
Laxmi Bank

क्रान्तिको बाटोमा हिँडेका मुख्य नेतृत्वहरू पथ भ्रष्ट भएपछि न्याय, समानता र स्वतन्त्रताका लागि सर्वस्व त्यागेर लागेका थुप्रै दुर्गा अधिकारीहरू आज पनि अन्धकारको जीवनमा बाँच्न बाध्य छन् । यस्तो थुप्रै शिक्षाहरू यस पुस्तकमार्फत् आर्जन गर्न सकिन्छ । खासै नियमित पुस्तकहरू नपढ्ने र समय सन्दर्भले पढ्ने सामान्य पाठक  र वर्तमान सत्ताविरुद्ध लडिरहेको एउटा विद्रोही सिपाहीको हैसियतबाट यो पुस्तकको अध्ययनपश्चात् झापा विद्रोहबाट केही शिक्षाहरू लिन सकिन्छ भन्ने ज्ञान भएको छ ।

झापा विद्रोहबाट लिनुपर्ने शिक्षा :
१) झापा विद्रोहबाट लिनुपर्ने शिक्षाको कुरा गर्दा सही सिद्धान्त र स्पष्ट राजनीतिक र वैचारिक लाइनको खाका अवलम्बनबिना गरिने विद्रोह केवल हिंसात्मक विद्रोहसहितको क्रान्तिकारी क्रान्तिकारितामा मात्रै सीमित हुन्छ । एउटा समयमा गएर अलपत्र पर्छ भन्ने कुराको ठूलो शिक्षा लिन सकिन्छ । तर, हरेक खाले क्रान्तिकारी विद्रोहको इतिहासले आगामी क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा ऊर्जा प्रदान गरेको हुन्छ । झापा विद्रोहले हजार वर्षसम्म पनि विद्रोही युवाहरूको शरीरमा क्रान्तिको रक्त सञ्चार पैदा गरिरहनेछ ।

२) शिक्षा, सिद्धान्त र व्यवहार एक आपसमा अन्तरसम्बन्धित हुन्छ । एउटा भनाइ छ, ‘सिद्धान्तबिनाको व्यवहार आउँदा नदेख्ने (अन्धो) हुन्छ र व्यवहारबिनाको सिद्धान्त निर्जीव हुन्छ । 

झापा विद्रोहमा सिद्धान्तलाई समातेर स्पष्ट राजनीतिक, वैचारिक लाइनको खाका कोरिएन, जसले गर्दा व्यवहार प्रमुख हुन पुग्यो र विद्रोहले राजनीति उद्देश्य पूरा गर्न सकेन । यसमा तत्कालीन समयका राजनीतिक र वैचारिक रूपमा अपरिपक्व युवाहरूले गरेको त्यो विद्रोहलाई आक्षेप लगाउने ठाउँ कदापि छैन । त्यो बेलाको वस्तु परिस्थिति, कम्युनिस्ट पार्टीमा देखिएका विभिन्न चिराहरू, मुख्य नेतृत्वहरूले सही दिशानिर्देश गर्न नसक्नु, आवश्यक ज्ञानको प्राप्ति र खोज अनुसन्धानका लागि पर्याप्त सन्दर्भ सामग्री अभावलगायत कारण छन् । मुख्य नेतृत्वहरूले पार लगाउदैनन् र क्रान्तिलाई अगाडि बढाउन सक्दैनन् भन्ने निष्कर्षसहित युवाहरूले क्रान्तिकारी जोशमा शंखनाद गरेको विद्रोह तत्कालीन सापेक्षतामा विभिन्न सीमाहरूसहित सही छ । झापा विद्रोह क्रान्तिको निरन्तरतामा अगाडि बढेन । यसको आफ्नै कारण छन् । हामी एउटा कल्पना पनि गर्न सक्छौं, सायद झापा विद्रोहमा विचारले बन्दुकको नेतृत्व गर्ने राजनीतिक र वैचारिक कार्यदिशासहित क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै सही नेतृत्व दिइएको भए नेपालले माओवादी जनयुद्ध बेहोर्नु पर्थेन पनि होला ।  अलि पहिला नेपालमा गणतन्त्र आइसकेको हुन्थ्यो । अर्को कुरा, अलि गलत भएछ कि भन्ने भावबाट झापा विद्रोहका मुख्य नेतृत्वहरूको निष्कर्ष सुन्दा यसबाट उनीहरूको राजनीतिक वैचारिक स्खलनको प्यारामिटर उच्च रहेको कुरा स्पष्ट हुन्छ । 

सिद्धान्तका ठेली रट्ने र व्यवहारमा शून्यता हुने कुराले क्रान्तिप्रति आशा देखेर लागेका युवाहरू निराशाको भुमरीमा जेलिने कुरा वर्तमान समयको तितो यथार्थ हो ।

३)  झापा विद्रोहबाट क्रान्तिको निरन्तरतामा रहेका कम्युनिस्ट पार्टी भन्नेहरू र तिनका नेताहरूले लिनुपर्ने मुख्य शिक्षा के हो भने भर्खरका ठिटाहरूको उर्बर मष्तिष्कमा न्याय, समानता र स्वतन्त्रता बीजारोपण गरेर ठीक समयमा वस्तुवादी भएर सिद्धान्त र व्यवहारको तालमेलसहित संघर्षमा अगाडि बढाउन सकिएन भने आन्दोलनलाई भयंकर ठूलो क्षति हुने सम्भावना रहन्छ । पार्टीको मुख्य नेतृत्वमा रहेका नेताहरूको सिद्धान्तको सुगा रटाइले मात्रै पनि पुग्दैन रहेछ । सिद्धान्तका ठेली रट्ने र व्यवहारमा शून्यता हुने कुराले क्रान्तिप्रति आशा देखेर लागेका युवाहरू निराशाको भुमरीमा जेलिने कुरा आजको वर्तमान समयको तीतो यथार्थ हो । बुढाहरूको सिद्धान्तको गफ चुटाई र व्यवहारको शून्यताले क्रान्तिकारी युवाहरूमा निराशा हुने, युवाहरूले आफैं पहलकदमी लिँदा राजनीतिक वैचारिक अस्पष्टता र ज्ञान/सिद्धान्तको अभावले क्रान्तिकारी विद्रोहलाई रणनीतिक लक्ष्यमा पुर्‍याउन नसकिने स्थिति हुन जान्छ । तसर्थ, मुख्य नेतृत्वहरूले ठीक समयमा युवाहरूको मनोविज्ञानलाई सम्बोधन गर्ने, क्रान्तिप्रति उनीहरूको जोश जाँगरलाई नयाँ ऊर्जाको रूपमा प्रयोग गर्ने, सबै खाले परम्परावादी संकिर्णतालाई चिर्दै युवाहरूले लिने पहलकदमीमा अवरोधक नभई निर्देशक भएर सहयोग गर्ने कुरा आजको युगको माग हो । 

४) झापा विद्रोहबाट हामी क्रान्तिकारी युवाहरू जो सत्ताको विरुद्धमा छौं र क्रान्तिको निरंतरतामा छौं, यसबाट हामी लिने शिक्षा के हुन्छ त भन्दा सिद्धान्त र ज्ञानको अभावबिना, सामान्य देखासिकीबाट लिइने पहलकदमीले हाम्रो क्रान्तिको रणनीतिक उद्देश्य पूरा गर्न सकिँदैन । सिद्धान्तलाई नजरअन्दाज गरेर व्यवहारवादी मात्रै भएर क्रान्ति सम्पन्न गर्ने कुरा त परको कुरा हो । क्रान्तिको निरन्तरतालाई पनि अगाडि बढाउन सकिँदैन । युवाहरू बढी व्यवहारवादी हुन्छन् र ज्ञान सिद्धान्तको खडेरीले छिट्टै ओइलाउने गर्छन् । आजका विद्रोही युवाहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुरा यही हो । यसको अर्को पक्षबाट लिने शिक्षाहरू पनि छन्– क्रान्ति अगाडि बढाउने सन्दर्भमा युवाहरूले मुख्य नेतृत्वको आदर्शीकरणमा मात्रै रमाउने, आन्दोलनका अलि पाका नेताहरूले सबै कुराको भरथेग गरिदिन्छन् भनी अल्झिने गर्नुहुँदैन ।

आवश्यक पर्दा आफैं पहलकदमी लिनुपर्दछ । जसरी झापा विद्रोहका युवाहरूले लिएका थिए । क्रान्तिमा युवाहरूले लिने पहलकदमीको स्प्रीट झापा विद्रोहका युवाहरू सही नै छ । त्यहाँका सीमा समस्याहरूको पाटो फेरि अर्को छ । झापा विद्रोहका अरु शिक्षाहरू थुप्रै छन् । जस्तो कि क्रान्तिकारीहरूले जेल, हिरासत, हत्कडी र यातनाका सबै तानाबानाहरू निस्तेज गर्न सक्छन् । क्रान्तिको आवश्यकतामा हुने निर्ममता र भावुकतालाई क्रान्तिकारीहरूले सजिलै स्वीकार गर्छन् । व्यक्तिगत ईच्छा र आकांक्षाहरू सामूहिक सपनाको अगाडि भुसको त्यान्द्रो जत्तिको नि लाग्दैनन् । मृत्युलाई त खुट्टाको पैतालामुनि कुल्चेर सजिलै अगाडि बढ्न सकिने थुप्रै शिक्षाहरू छन् । जुन हामी क्रान्तिकारी युवाहरूले झापा विद्रोहबाट लिन सक्छौं ।

५) विद्रोह र संघर्षको सिलसिलामा भएका घातहरू अन्तरसम्बन्धित छन् : 
क) नेपालमा वि.स. २०२८ सालमा भएको झापा विद्रोहका अगुवाहरूले आज पनि जसको राजनीतिक रूपमा व्याज खाइरहेका छन् । उनीहरू नै झापा विद्रोह सही हो भनेर भन्न सक्दैनन् । केही सीमा समस्या पक्कै थिए । तर, सच्याउन सकिन्थ्यो । पछि गएर सीमा समस्याहरूलाई सच्याउँदै क्रान्तिलाई अगाडि बढाउनुपर्ने ठाउँमा झापा विद्रोहको लाइन गलत थियो भनेर उन्मुक्त भए । त्यसो  हुँदा त्यो बेला झापा विद्रोहका नेता राधाकृष्ण, केपी र सीपीलाई आजको पुस्ताले क्रान्तिबाट भागेका भगौडा भन्न किन  नमिल्ने ? 

ख) त्यस्तै, नेपालमा २०५२ सालमा शुरू भएर दशवर्ष चलेको माओवादी जनयुद्धमा थुप्रै सपनाहरू बाँडिए । १७ हजारको रगत बग्यो । जनयुद्धको जगमा गणतन्त्र प्राप्तिको उपलब्धि भएकै हो । तर, जनताको जीवनमा खै त परिवर्तन ? खै जनवादी/समाजवादी व्यवस्था ? जुन व्यवस्थाको दस्तावेजहरूमा सबैभन्दा बढी भण्डाफोर गरिन्थ्यो । आखिर प्रचण्ड त्यही घिनलाग्दो फोहोरी संसदीय व्यवस्थाको नाइके बनेर जग हसाँइरहेका छन् । लडाई उत्कर्षमा पुगेर जनताको तहबाट सहभागिता बढिरहेको बेला जनयुद्धको विघटन गर्न पुग्नु प्रचण्डको जनयुद्धप्रतिको गद्दारी थियो भन्न किन नमिल्ने ?

कागजका खोस्टाहरूमा कता के–के लेखिए ? तर, जनताको जीवनमा अहिलेसम्म दुःख मात्रै लेखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा गएर एकछिन उभिँदा देशै उडेर विदेश जान लागेको अनुभूति हुन्छ । आज पनि शहीदका सपनाहरू जिउँदै छन् । प्रसव पीडामा छट्पटिरहेको अर्को विद्रोह अनिर्वाय छ ।

ग) अर्को प्रसङ्ग, वि.स. २०७१ सालमा हामी आफैँ सहभागी भएर विप्लवको नेतृत्वमा अगाडि बढ्यौं र त्यहाँ युवाहरूको ठूलो पंक्ति थियो । क्रान्तिलाई आजको आवश्यकता र वर्तमान वस्तुस्थितिको आधारमा अगाडि बढाउने कुरा गर्दै विप्लवले एकीकृत जनक्रान्तिको कार्यदिशा अगाडि सारे । राज्यले प्रतिबन्ध लगायो । १२ जना साथीहरू शहीद भए । विद्रोही पक्षबाट पनि ०७ जना जति मारिए । त्यो स्वाभाविक प्रक्रिया थियो । जब जनता र क्रान्तिकारी शक्तिहरूको पार्टी प्रतिको विश्वास बढ्दै गइरहेको थियो विभिन्न बहानामा तीन बुँदे सहमति भयो । त्यो सहमति सम्पूर्ण रूपले आत्मसमर्पण गरेको कुरा आज पुष्टि भएको छ । क्रान्तिको भ्रम छरेर युवाहरूलाई मर्न र मार्न लगाए । भयो तातो न छारो । आफू पुगे घुमिफिरी रुम्झाटार अर्थात् उहीँ प्रचण्डको गुणगान गाउने ठाउँमा । 

उपर्युक्त तीनवटा संघर्षको सिलसिलाहरू किन जोडियो भने तीनवटै मूल नेतृत्वमा वैचारिक स्खलन आएको छ । जब नेतृत्वको बलिदान गर्ने समय आउँछ त्यो बेला क्रान्ति अलपत्र पार्दै मृत्युसँग डराएर मुख्य नेतृत्व क्रान्तिबाट भागेका छन् । झापा विद्रोहका राधाकृष्ण, केपी, सीपी हुँदै जनयुद्धका प्रचण्डदेखि एकीकृत जनक्रान्तिका विप्लवसम्म मृत्युदेखि डराएर क्रान्तिबाट भागेका भगौडा नै हुन भन्न किन नपाइने ? विप्लवसम्म आउँदा हामी क्रान्तिकारीहरूले थुप्रै शिक्षा हासिल गरेका छौं । जो आगामी क्रान्तिको पहलकदमीमा काम लाग्नेछन् ।

पुस्तकको अध्ययनपश्चात झापा विद्रोहबाट लिने शिक्षा र सिकाइ त छँदैछन्, आन्दोलनको नेतृत्व गरेकाहरूले कालान्तरमा त्यही आन्दोलन बेचेर खाए, जुन सत्ता र व्यवस्थाविरुद्ध लडेका थिए त्यही सत्ताको कुर्सीमा पुग्न शहीदको सपनामाथि कुठाराघात गरे । राधाकृष्ण मैनाली राजतन्त्रको दैलोमा गएर झोली थापे, केपी ओलीले गणतन्त्र आउने  सम्भावना नदेखेर नेपालमा गणतन्त्र आउने कुरा बयलगाडा चढेर अमेरिका जाने कुरासंग तुलना गर्न पुगे । झापा विद्रोहका वर्गशत्रु सफाया लाइनका कट्टर नेता सीपी मैनालीले झापा विद्रोहको लाइन गलत भएको निष्कर्षसहित नेकपा(माले)का महासचिव हुँदै संसदीय राजनीतिको वरपर जीवन गुजार्न पुगे र अहिले कताकता गन्तिमै नआउने सानो झुण्डमा रमाएका छन् । उनले आउँदो पुस्तालाई अर्को क्रान्तिको शिक्षा दिन असमर्थ भएका छन् । 

आज पनि शहीदका सपनाहरू जिउँदै छन् । कागजका खोस्टाहरूमा कता के–के लेखिएका त होलान् तर, जनताको जीवनमा अहिलेसम्म दुःख मात्रै लेखिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा गएर एकछिन उभिँदा देशै उडेर विदेश जान लागेको अनुभूति हुन्छ । प्रसव पीडामा छट्पटिरहेको अर्को विद्रोह अनिर्वाय छ । आशा गरौं कि यो विद्रोहले  झापा विद्रोहताका गिरफ्तार पात्र ठूलो दुर्गा अधिकारीजस्तै झण्डै एकदशक जेल बसेर छुट्दा फेरि कुनै सामन्तको घरमा हली हुने नियती कसैले भोग्न पर्नेछैन । त्यसका लागि विगतका सबै शिक्षाहरू र वर्तमान समयको यथार्थमा सही विश्लेषण गरेर आजका युवा पुस्ताले आफूलाई तयार गरेर अर्को क्रान्ति त फेरि गर्नैपर्छ । 

अन्त्यमा, झापा विद्रोहका गुमनाम पात्र दुर्गा अधिकारीहरू, राजेन र झापा विद्रोहसँग जीवन्त साक्षात्कार गराइदिनु भएकोमा लेखक निरोज कट्टेललाई हृदयदेखि धन्यवाद र शुभेच्छा !

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

असोज ३, २०८०

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन पुरस्कार प्राप्तकर्ताहरूको नाम भैरव पुरस्कार गुठीले मंगलवार सार्वजनिक गरेको छ । भैरव पुरस्कार गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको...

भदौ २५, २०८०

राजनीतिशास्त्री, संविधानविद्, अर्थविद् र प्राध्यापकले समकालीन नेतृत्वको भिजन र हुटहुटी बीपी कोइराला पहिलोपटक प्रधानमन्त्री हुँदा जत्तिको पनि नभएको बताएका छन् । नेपाली कांग्रेसले बीपीको ११० औं जन्मजयन्तीका अवसरमा क...

भदौ ३०, २०८०

नेपाली साहित्यमा चिरपरिचित नाम हो भरत जङ्गम । यसो त बहुमुखी प्रतिभाका धनी  हुन् उनी । पत्रकारिता, वकालत, प्राज्ञिक, धार्मिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक आदि धेरै क्षेत्रमा जबरजस्त पकड छ उनको...

भदौ २३, २०८०

जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ भन्नुको अर्थ बिलाउँछ भन्ने होइन । त्यसैले त पुनः उठ्छ ...

भदौ २६, २०८०

लेखक एवं पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ । निमोनियाबाट ग्रसित पराजुलीको उपचारको क्रममा ललितपुरस्थित बिएण्डबी अस्पतालमा बिहान निधन भएको हो । पराजुलीका आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।  पर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x