×

विदेशमा रहेको छोरोको सन्देश

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

काठमाडाैं | भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् ।

एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधुनिक विश्वका बिरलै समुदायले लिएका होलान् । सन्तानले डाँडाकाँडा ढाकुन भन्ने आशीर्वाद, ठूलो भाँडोको भात खानुपर्छ भन्ने उपदेश र लेकबेसी मेलापात चहारेर साँझ अबेरसम्म गफिँदै बस्ने हजुरबा पुस्ता वास्तवमै सामाजिक व्यवस्थामा भिजेको थियो ।


Advertisment

समय फेरियो जब बापुस्ता जागिरे, व्यापारी, लाहुरे र कालिपारे बन्यो । विस्तारै संयुक्त परिवार विघटन भयो । समाजबाट वस्तु विनिमयको प्रचलन (वाटर सिस्टम) अलप भयो । कति चाँडै कपास खेती बन्द भयो । कपडा बुन्ने काठका चर्खाहरू बेकामे र झन्झटिला वस्तुमा परिणत भए । मान्छेहरू विस्तारै लेक र बेसी दुईमध्ये एक ठाउँमा मात्र रहन थाले । पशुपालनबाट मान्छेको रुचि घट्दै गयो । त्यसको असर ग्रामीण कृषिमा पर्‍यो । मान्छेहरूले विस्तारै कृषि पेशामा उदासीनता प्रकट गर्न थाले ।
 आजभन्दा झण्डै ३ दशकअघि नै हिउँदमा पहाडी जिल्लामा पुरुषहरू प्रायः घरमा नभेटिने अवस्था सिर्जना भयो । मौसमी रोजगारीका लागि भारत जानेहरूको लर्को त्यही बेलादेखि लाग्थ्यो । जेनतेन कमाएको थोरबहुत पैसाले शहरमा थोरै जमिन किन्ने प्रचलन शुरू भयो र त्यहीबेलादेखि गाउँहरू बाँझो रहन थाले । अब गाउँहरू लगभग रित्तो छन्, शहरमा गृहिणी महिला, वयोवृद्ध र लालाबालाहरू मात्र छन् ।


Advertisment

युवा भविष्यको खोजीमा विश्वका सबै महादेशमा निस्केका छन् । साँझबिहान छाक टार्नदेखि राम्रो तलबको लोभ हुँदै विदेशी पीआरको आशा बोकेको मेरो पुस्ता दिन प्रतिदिन उजाड बन्दै गएको आफ्नो देशभित्र भविष्य देख्न सक्दैन । वृद्ध बाआमाहरूको जीवनको उत्तरार्द्ध सम्झँदा भावुक बन्नुपर्छ । आफ्नो वर्तमान सम्झेर एकान्तमा घोत्लिँदा मनमा आउने ज्वारभाटाहरू व्याख्या गरिसाध्ये छैन । बालबालिकाको भविष्य कसको हातमा सुम्पने हो ? कुन देशमा तिनले आश्रय खोज्ने हुन केही अनुमान छैन ।
 
यस्तो अनिश्चितता, अकर्मण्यता र अन्धकार समयबाट कसले कसरी आशा गर्न सक्छ ? आज देशको जुन दुर्दशा छ, त्यसका पछाडि कुनै एक व्यक्ति, कुनै एक समुदाय, कुनै एक राजनीतिक दल मात्र जिम्मेवार हुन सक्दैन । देशको भविष्य बोक्न सिंगो एउटा पुस्ता जुरुक्कै उठ्नुपर्छ । त्यसले संकल्प गर्नुपर्छ । त्यसले प्रतिबद्धता व्यक्त गर्नुपर्छ । त्यस पुस्ताले देशको माटो छोएर प्रण गर्नुपर्छ, जतिसुकै कठिन समयमा पनि यो पुस्ता देशको उज्ज्वल भविष्यका लागि कुर्बानी गर्न तयार छ ।
 
सबैभन्दा पहिले कृषि र पशुपालनका लागि प्राविधिक शिक्षामा जोड दिँदै मुलुक आत्मनिर्भर बनाउने र त्यसपछि विकासका पूर्वाधार एवं औद्योगिक योजनामा जुट्ने संकल्प नगरिकन देशले काँचुली फेर्न सक्दैन । जुन देशको एउटा सिंगो पुस्ताको पसिनाले धर्ती सिञ्चित हुँदैन, त्यो देशको भविष्यले आकार लिन सक्दैन । अर्थात्, जुन देशको बाबापुस्ताले देशको उज्यालो मुख हेर्ने संकल्प गर्छ र आफ्नो सबै जवानी देशलाई सुम्पन्छ, त्यस देशका हरेक सन्तानले बाबा र देश दुवैको मुख हेर्न सक्छन् ।

बाबा तपाईंको पुस्ताले यस देशको मुख हेर्न मिल्ने गरी कुनै काम गरेन । यो देश निर्माणको संकल्पमा पसिना बगाएन र विवेक प्रयोग गरेन । सुशासन, विकास, प्रगति र समृद्धिका पक्षमा दृढतापूर्वक आवाज उठाएन, त्यसैको परिणाम आज हामी खाडीको ४० डिग्रीमाथि गर्मीमा पसिना चुहाउँदैछौं । कोही जापान र कोरियाका तटमा अरूको कृषि र पशुपालनमा व्यस्त छौं । कोहीलाई अरूको भाँडा माझ्ने र सरसफाइ गरिदिने जिम्मेवारी छ । कतिपयले पी.आर.को दौडधुपलाई तीव्र तुल्याएका छन् । डी.भी. को आशा गर्ने रुमानी कल्पनाकार भीडको त हिसाबै नगरौं । बाबा तपाईंहरूको पुस्ताले यस देशलाई सही ढंगले सम्हाल्ने कोशिश नगरेकै कारण आज म परदेशमा छु र तपाईंको मुख हेर्ने उत्कट चाहनाका बीच पनि आफ्नो धोको पूरा गर्न सक्ने अवस्थामा छैन ।

देशको भविष्यबारे चिन्तित नबनेकोमा तपाईंको पुस्ताप्रति हाम्रो पुस्ताले थोरै चित्त दुखाएको छ । हाम्रो छोरा पुस्ताले देश निर्माण बिर्सेकोमा हामीलाई कडा शब्दमा आलोचना गर्नेछन् र हाम्रो नाति पुस्ताबाट बुवाको मुख हेर्ने होइन, बरु गाली दिने प्रचलन शुरू हुने छ, किनकि आफ्नो देश नभएको, आफ्नो गाउँशहर नभएको, आफ्नो बस्ने घर नभएको, जागिर–पेशा र व्यवसाय सुनिश्चित नभएको पुस्ताले गौरवका साथ बुवाको मुख हेर्ने तामझाम गर्ने छैन ।

बाबा म तपाईंको छतमुनि ओत लागेर हुर्किएँ । तपाईंको छत्रछायाँमा पढें/बढें । मेरो लालनपालन को एउटा अडिग खम्बा हुनुभयो तपाईं । मेरो आवश्यकता पूर्तिको माध्यम बन्नुभयो । बाल्यकालमा मसँग खेल्ने मेरो उल्लासको साथी बन्नुभयो । मेरो जीवनको एउटा कालखण्डमा प्रेरणा र सकारात्मक सोचको पथप्रदर्शक बन्नुभयो । यसपछि तपाईं मेरो जीवनको अनन्त आशीर्वादको हिस्सा हुनुहुन्छ, जसरी हरेक पिताले सन्तानप्रति नि:शर्त र निस्वार्थ दायित्व पूरा गर्छन्, त्यो भन्दा अझ कैयौं गुणामाथि तपाईं मेरो आदर्श र प्रेरणाको स्रोत हो । मेरो लागि तपाईंले आफ्नो सामर्थ्यले भ्याएसम्म सबै गर्नुभयो । त्यसका लागि म हमेशा ऋणी छु ।
 
तपाईंले मेरा लागि जुन संघर्ष र संकल्प गर्नुभयो त्यसमा देश मिसिएको भए आज यो देश उजाड बन्ने थिएन । मैले स्वदेशमै जीवन र भविष्य देखेको भए म हरेक वर्ष बुवाको मुख हेर्ने दिन घरमै हुन्थें र प्रायः दुईतीन महिनामा हाम्रो भेटघाट भइरहन्थ्यो । तपाईंलाई गाह्रो-साह्रो पर्दा अस्पताल लैजान र ल्याउन नपाउने म र मेरो अभागी पुस्तालाई तपाईंहरूले चित्त दुखाएर सराप्नु हुने छैन । मैले पनि मेरो देशको माटोलाई बासनादार बनाउन कुनै भूमिका खेलेको छैन, त्यसैले मेरो छोराले त आफ्नो बालापनदेखि नै बाबाको मुख हेर्न पाएको छैन ।

देशको भविष्यबारे चिन्तित नबनेकोमा तपाईंको पुस्ताप्रति हाम्रो पुस्ताले थोरै चित्त दुखाएको छ । हाम्रो छोरा पुस्ताले देश निर्माण बिर्सेकोमा हामीलाई कडा शब्दमा आलोचना गर्नेछन् र हाम्रो नाति पुस्ताबाट बुवाको मुख हेर्ने होइन, बरु गाली दिने प्रचलन शुरू हुने छ, किनकि आफ्नो देश नभएको, आफ्नो गाउँशहर नभएको, आफ्नो बस्ने घर नभएको, जागिर–पेशा र व्यवसाय सुनिश्चित नभएको पुस्ताले गौरवका साथ बुवाको मुख हेर्ने तामझाम गर्ने छैन ।
 
पूर्वी युरोपका देशबाट भागेर पश्चिम युरोप हान्निँदै गरेको मेरो पुस्ता जो शरणार्थीभन्दा माथि के होला ? जो क्युबा, इक्वेडर र मेक्सिकोका पर्खालबाट अमेरिका छिर्ने र रिफ्युजी परिचयपत्र खोज्दै आधा जीवन बिताउने दोस्रो र अवैध शरणार्थी मेरो पुस्ता त्यसले के बाबा को मुख हेर्ने संस्कार सन्तानलाई सिकाउन भ्याउला ? जसका सन्तानहरू कुनै संस्कार, संस्कृति, इतिहास, वर्तमान र भविष्यको कडीसँग जोडिएका हुने छैनन् ।
 
पाँचौंदेखि छैटौं शताब्दीका उत्तरी युरोपका डाँकाजस्ता परिचयविहीन अज्ञात पुस्ताले यो माटो, वंशज र पुर्ख्यौली संस्कारको बिँडो किन र कसरी थाम्ला र ? यद्यपि मसँग मेरो वंशज (जीन)को ओरिजिन, पुर्खाका कथा र नेपाली समाजको विशेषताको ज्ञान छ, त्यसैले मैले तपाईंको मुख हेर्न नपाउँदा चित्त दुखाएको छु । शायद युवा पलायनको यही रफ्तार रहिरहने हो भने बाबाको मुख हेर्ने हामी नै अन्तिम पुस्ता पनि हुन सक्छौं ।

फेरि पनि सरी बाबा, मैले तपाईंको मुख हेर्न सकिनँ । हे ईश्वर, संसारमा कहीँ तिम्रो अस्तित्व छ भने मलाई सबैभन्दा पहिले मेरो देशको मुहार सिंगार्ने जिम्मा देऊ, त्यो सद्बुद्धि देऊ । मलाई मेरो माटोसँग खेल्ने, बालीसँग रम्ने, गाउँ शहरमा गरिखाने उपाय देऊ । मलाई शासकहरूलाई गाली गरेर आफू पन्छिने खराब प्रवृत्ति, मनोवृत्ति र अरूको आलोचनाको रोगबाट मुक्ति देऊ ।

अन्ततः आफ्नो जन्मभूमिलाई स्वर्ग बनाउन सकिने आँट, साहस, धैर्य, लगनशीलता र उपाय देऊ । मेरो देश अमर रहोस्, बल्ल मेरा सन्तानले जीवनको उत्तरार्धमा मसँगै समय बिताउने छन् । जसरी मैले बाल्यकालमा मेरा सन्तानलाई काखमा उल्लासपूर्ण जीवन दिएको थिएँ, त्यसैगरी मेरो बुढेसकालमा मेरा सन्तानले मलाई आफ्नो काखमा राखेर सन्तोषपूर्ण पल दिने छन् । ‘ह्याप्पी फादर्स डे’ । जय कुशे औंसी ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x