×

सामाजिक सञ्जाल र सद्भावको सवाल

ख्याल गर्नैपर्ने १० कुरा जसले सामाजिक सञ्जालको दुरूपयोग रोक्दै बनाउनेछ व्यवस्थित

काठमाडाैं | भदौ २५, २०८०

मानिसको बानी व्यवहारमा उसले उपयोग गर्ने साधन र प्रविधिले प्रभाव पारेको हुन्छ । प्रविधिसँगै सूचनाको पहुँचले ज्ञान र चेतनामा तहल्का मच्चाएको छ । समाज दूरीविहीन छ । सूचना र समाचार प्रत्यक्ष हेर्न र दोहोरो कुरा गर्न पाइने सुविधाले विश्व साँघुरो भइसकेको छ ।

गोजीको मोबाइल डिभाइस र इन्टरनेटको सुविधाबाट हामी विश्वसँग निकट भई न्यु सञ्चारमाध्यम पूर्ण उपयोग गर्न सकेका छौं । कुनै विषयमा तुरुन्त जानकारी प्राप्त गर्नका लागि अरू कसैको सहयोग लिन आवश्यक देखिँदैन । प्रविधि सहायक बनेको छ ।


Advertisment

विश्वका कुनै पनि सूचना, समाचार र मनोरञ्जनका विषय अब पहुँचभन्दा बाहिर छैनन् । फुर्सद भयो कि समय कटाउन र ज्ञान प्राप्त गर्न डिभाइस साथीको रूपमा रहेको छ ।


Advertisment

कुनै पनि सिर्जना र कलाकारिताको प्रस्तुति एव सर्वव्यापकताका लागि अब कुनै स्थान धाउन नपर्ने भएको छ । राम्रो सिर्जनाको स्तरअनुसार आम्दानीको सुनिश्चिततासहित प्रतिक्रिया वा धारणा जान्न सामाजिक सञ्जाल उपयोगी भएको छ ।

सामाजिक सञ्जाल र इन्टरनेटको  प्रयोगले मानिसको जिन्दगी सहज र सिर्जनशील हुन मद्दत पुगेको छ । अध्ययन अध्यापनमा समेत प्रत्यक्ष जहाँबाट पनि सहजीकरण गर्ने सुविधाले शिक्षाका लागि भौतिक संरचना नचाहिने हो कि भन्ने आभास भएको छ ।

शासकीय प्रणालीमा समेत अनलाइन सेवा, डिजिटल भुक्तानी, अनलाइन प्रतिवेदन, अनुगमन र मूल्याकंन एवं भर्चुअल बैठकजस्ता विषयमा भएका सुविधाले लागत एवं समय वचत हुन सहयोग पुगेको छ । व्यवसाय गर्न सूचना प्रविधिको व्यापक प्रयोगका साथै डिजिटल बैंकिङ सुविधाले अन्य क्रियाकलापमा समेत सहज अवस्था सिर्जना भएको छ ।

ज्ञान बढेको छ । उपयोगिताको सहजता छ । प्रगति उन्नति गर्न, चलाखी गर्न सक्नेलाई संसार एउटा मुठ्ठीमा रहेको भान भएको छ । यी यावत् सुविधाको प्रभाव सकारात्मक मात्र छ भन्ने सोचविरुद्ध विविध प्रकारका उच्छृङ्खलता र अपसोचका विषय पनि सँगै आएका छन् । न्यू मिडिया वा सामाजिक सञ्जालको सबालका विषयमा सन्दर्भको विवेचना गर्न खोजिएको छ । 

विश्वका सूचना र समाचारहरू सामाजिक सञ्जालको माध्यमबाट प्राप्त हुन थालेका छन् । सामाजिक सञ्जाल सबै उमेरका लागि उपयुक्त साथी भएको अनुभूति सबैतिर छ । मनोरञ्जन र ज्ञान प्राप्त गर्नदेखि जीवनका उपयोगी सूचना सामाजिक सञ्जालमा समयअनुसार प्रस्तुत भएका छन् । 

आफ्नो परिवारका सदस्य वा निकट व्यक्तिसँगको सम्पर्क र संवादले टाढाको अनुभूति साँघुरिएको छ । समाजमा घट्ने हरेक घटना तुरुन्तै श्रव्य र दृष्य रूपमै नागरिकसम्म पुगेका छन् ।

सूचना र सञ्चार प्रणालीमा विद्युतीय सञ्चारले समेत तहल्का मच्चिएको छ । सामाजिक सञ्जालका कारण पुराना सञ्चार माध्यमहरूले प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ । समाजमा सूचना र सञ्चारको बदलिँदो अवस्थाले सञ्चार उद्यमको उत्साहमा समेत ह्रास आएको हो कि भन्ने छ । 

सामाजिक सञ्जालको सहज पहुँचले मानिसमा जागरण र चेतना बढाएको छ । विश्वका सिर्जना, ज्ञानको बहार, मनोरञ्जनको अवसरसहित सूचना र समाचारको पहुँचले मानिसको सोच र विचारमा समेत परिवर्तन ल्याएको छ । कुनै सूचना सम्बन्धित क्षेत्रमा प्रवाह गर्न र सूचना ग्रहण गर्न अब अर्को विकल्प रहेन । व्यक्ति, समाज, राज्य र विश्व समुदायको क्रियाकलापको समय समयका घटनाहरू जान्न र सुन्नका लागि समय कुर्नु नपर्ने र व्यापार व्यवसायको प्रबर्द्धन गर्न समेत सहज वातावरण बन्न पुगेको छ ।

शासन व्यवस्थाको प्रभाव र जनतासँगको निकटता थाहा पाउन पनि सामाजिक सञ्जालको सदुपयोग गर्न बाध्य हुनु परेको छ । मानिसलाई सामाजिक सञ्जालको पहुँचभन्दा टाढा रहन नसक्ने बानी बसिसकेको छ । शिक्षा, स्वास्थ्य र आधारभूत सेवाको अवरोधहरू पनि कम हुँदै गएको छ ।

यी यावत अवसरका बावजुत पनि सामाजिक सञ्जालका चुनौतीहरू बढ्दै गएका छन् । कतिपय देशले सामरिक सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जालका प्लेटफर्म बन्द गरेका छन् ।

आज वर्ग विभाजन गर्न, नकारात्मक सूचना प्रवाह गर्न र संवेदनशील विषयलाई बढाइचढाइ  प्रस्तुत गरेर सामाजिक सद्भाव बिगार्न सामाजिक सञ्जालको दुरूपयोग हुन थालेको छ ।

सामाजिक सञ्जालको स्वनियमन गर्न आचारसंहिता, नैतिक बन्धन र दबाबको प्रभावकारिता बढाऔं । सामाजिक सञ्जालबाट फाइदा लिन तथा दुरुपयोग रोक्न सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षामा जोड दिऔं ।

सार्वजनिक विषयमा संवेदनशील हुन नसक्दा मानिस मानिसबीच द्वन्द्व र बिग्रह बढ्दै छ । नकारात्मक सन्देशले गर्दा अपराध बढ्ने र अराजकता बढोत्तरी हुने अवस्था आएको छ ।

व्यक्तिको गोपनीयताको हकमा व्यापक हस्तक्षेप र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन थालेको छ । गलत मनसाय भएका व्यक्तिले साइबर अपराध गर्न सजिलो भएको छ । धम्की दिने, अपहरण गर्ने, गलत सूचना प्रवाह गर्ने र पैसाको मौलाहिजा गर्ने प्रवृत्ति बढ्दै छ ।

राम्रा कुराहरूभन्दा बढी नकारात्मक पक्षपोषणले सामाजिक विग्रहलाई प्रश्रय दिएको छ । सामाजिक सञ्जालको नियमन गर्न शासकीय बोझ बढ्दै गएको छ । अपराधका नयाँ–नयाँ शृंखला बढाउन सामाजिक सञ्जालले मलजल गरेको आरोप छ ।

सार्वजनिक सूचना प्रवाह गर्ने र ज्ञान प्राप्त गर्ने साधनको दुरुपयोगले भोलिको समाज कस्तो हुने हो भन्ने चिन्ता बढ्दै गएको छ । बच्चाहरू भुलाउन सामाजिक सञ्जालका प्लेटफर्मको बढ्दो उपयोगले भावी दिनमा स्वास्थ्यमा पर्ने असरका बारेमा पनि ध्यान दिन नसकेको अवस्था छ ।

अश्लील र अतिरञ्जित सन्देश सामाजिक सञ्जालमा प्रविष्ट गरी भ्युअर बढाउने र आम्दानी गर्ने सोच बढ्दो छ ।  सन्देश, सूचना र समाचार एवं मनोरञ्जनका विधामा नकारात्मक प्रवृत्ति बढेका कारण आलोचित बनिरहेका छन् ।

यस्तो हुनुमा सामाजिक सञ्जालको दोष होइन, प्रयोगकर्ता र प्रयोग गर्ने विधि, पद्धति एवं नियमनको शून्यता हो भन्ने एउटा पक्ष छ भने अर्को पक्ष सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षाको कमीलाई पनि लिने गरिएको छ । स्वनियमन हुन नसकेको, सदाचार हराएको र नियमन पद्धतिको बलियो आधार नभएको गुनासो व्यापक छ । सीमारहित प्रणालीको फाइदा लिने भन्दा दुरुपयोग गर्ने प्रवृत्तिमा रोकावट गर्न सकिएन । सामाजिक सञ्जालको सही बाटो पहिल्याइ सामाजिक लाभ लिन निम्न अनुसारको तयारी आवश्यक छः

पहिलो, कुरा स्वनियमन हुनुपर्छ । सामाजिक सञ्जालको सामाजिक दायित्व, जिम्मेवारीमा आफूलाई प्रस्तुत गर्ने गर्नुपर्छ । सामाजिक सदाचारिता र सद्भावको मुख्य आधारमा सामाजिक सञ्जाललाई उपयोग गरौं । 

दोस्रो, व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता र गोपनीयताका आधारलाई नभत्काऔं । मैले केही गर्दा अरूलाई के असर पर्छ भन्ने विषयमा विशेष ध्यान दिऔं । तेस्रो, संवेदनशील विषयमा संवेदनशील बनौं । सामाजिक सद्भाव नबिगारौं र वर्गीय पहिचानको संरक्षण गरौं ।

चौथो, सरकारी निकायका सामाजिक सञ्जालका प्लेटफर्महरूलाई सक्रिय बनाई सही सूचना र सन्देश प्रवाह गर्ने परिपाटी बसाऔं र नागरिकसँग जोडौं । पाचौं, सामाजिक सञ्जालको विश्व नियमन र नियन्त्रणको पद्धति विधिलाई अवलम्बन गरी भ्रामक र तथ्यहीन सूचना एवं समाचार प्रविष्ट गर्ने कार्यलाई निरुत्साहित गरौं । छैटौं, सामाजिक सञ्जालका विकृति नियन्त्रण गर्न अन्य कानून तर्जुमा र कार्यान्वयनमा समेत जोडौं र दण्डित गर्न सकिने बनाऔं ।

सातौं, सामाजिक सञ्जालको स्वनियमन गर्न आचारसंहिता, नैतिक बन्धन र दबाबको प्रभावकारिता बढाऔं । सामाजिक सञ्जालबाट फाइदा लिन तथा दुरुपयोग रोक्न सामाजिक सञ्जाल उपयोग गर्ने शिक्षामा जोड दिऔं । आठौं, सामाजिक सञ्जालका प्लेटफर्महरू नियमन गर्ने निकाय र दक्ष जनशक्तिको व्यवस्था गरौं । गलत र भ्रामक सन्देश प्रविष्ट गर्ने र सामाजिक सद्भाव बिथोल्न खोज्ने विषयमा दण्ड सजायको कडा व्यवस्था गरौं ।

नवौं, विद्युतीय सञ्चारसम्बन्धी कानून तर्जुमा गर्ने तथा साइबर कानून समयसापेक्ष बनाई सामाजिक सञ्जालका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न अन्य कानून समेत आकर्षित हुने व्यवस्था गरौं र दशौं, सामाजिक सञ्जालको नियमन गर्ने विषयलाई कडाइका साथ पालना, गलत र भ्रामक सूचना एवं सन्देशमाथि निगरानी बढाउने तथा गलत विषय प्रविष्ट गर्नेलाई कानूनी दायरामा ल्याई कन्टेन्ट तुरुन्त हटाउनेजस्ता महत्वपूर्ण विषयमा ध्यान दिऔं । विद्युतीय सञ्चारको नियमन गर्ने नीति तय गरौं ।

सामाजिक सञ्जालका प्लेटफर्महरूको सदुपयोग बढाउन सदाचारिता र नैतिक बन्धन ठूलो अस्त्र हो । मानिसले के गर्न हुने र के गर्न नहुने भन्ने विषय महत्त्वपूर्ण छ । क्षणिक मनोरञ्जन र अर्को पक्षको पीडा हुने विषयमा नियन्त्रण गर्ने विधि पद्धतिलाई सक्रिय बनाउन आवश्यक छ । प्रविधि उपयोगको फाइदा लिने र दुरुपयोग हुन नदिन स्वनियमन एवं आचारसंहितासहित कार्यदिशा तय गरी अघि बढौं । हाम्रो सोच र व्यवहारमा आफैं स्वमूल्याकंन गरी समाजको असल पात्र बनौं ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x