×

एमालेको प्रदेश अधिवेशन

एमाले अधिवेशनमा ‘लुम्बिनी निर्वाचन’को छायाँ– सबैतिर विष्णु र शंकरका नाममा ध्रुवीकरण

काठमाडाैं | भदौ २१, २०८०

लुम्बिनी प्रदेश कमिटीको नेतृत्व निर्वाचनबाट छानिएपछि अरू प्रदेशमा पनि सर्वसम्मत बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठिन हुने देखिएको छ । 

पार्टी विभाजनपछिको पहिलो प्रदेश अधिवेशन कुनै पनि हालतमा सहमतिबाटै टुंग्याउन ओलीले लुम्बिनीमा भरमग्दुर प्रयास गरे, तर सफल भएनन् । 


Advertisment

अन्ततः ओलीले सर्वसम्मत बनाउन दबाब दिएका हरि रिजालविरुद्ध राधाकृष्ण कँडेलले बुधवार राति २ मतको रोमाञ्चक जीत दर्ता गरे । 


Advertisment

लुम्बिनीपछि असोजको पहिलो साताबाट शुरू भएर अन्तिम सातासम्ममा बाँकी ६ र उपत्यका प्रदेशको अधिवेशन सकिसक्नुपर्नेछ । 

अब बाग्मतीमा असोज ८ र ९, कर्णालीमा १० र ११, कोशीमा १२ र १३, गण्डकीमा १५ र १६, उपत्यका विशेष प्रदेशमा १९ र २०, सुदूरपश्चिममा २१ र २२ तथा मधेश प्रदेशमा असोज २४ र २५ गते अधिवेशनको तालिका तोकिएको छ । 

कुनै पनि हालतमा सर्वसम्मत हुनुपर्ने ओलीको अडानबीच प्रभावशाली पदाधिकारी भएको लुम्बिनीमा चुनाव भएको हो ।

पहिलो प्रदेश अधिवेशनमा नै चुनाव भएपछि अब बाँकीमा सर्वसम्मत गराउने गरी दबाब बढाउन ओलीलाई थप सकस हुने एमालेकै नेताहरू बताउँछन् ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल लोकतन्त्रको स्वाद चाख्न पाएका कार्यकर्ताले अतिवाद र दबाब झेल्ने दिन गएको बताउँछन् ।  

‘पहिले आफैंले आन्तरिक लोकतन्त्रको वकालत गर्ने, तर शक्तिमा आएपछि चुनाव हुन नदिने हिटरलको जस्तो तरिकाले अब चल्दैन,’ पोखरेल भन्छन्, ‘लोकतन्त्रको स्वाद चाख्न पाएको कार्यकर्ताले स्वतन्त्रता खोज्छ, अनि अभ्यास गर्नुपर्ने मत राख्छ । लुम्बिनीको चुनावको पदचापलाई मानेर अगाडि नबढे अब ओलीलाई अप्ठ्यारो पर्छ । अरू प्रदेशमा पनि निर्वाचनबाटै नेतृत्व माग हुने देखिन्छ ।’

‘पहिले आफैंले आन्तरिक लोकतन्त्रको वकालत गर्ने, तर शक्तिमा आएपछि चुनाव हुन नदिने हिटरलको जस्तो तरिकाले अब चल्दैन,’ पोखरेल भन्छन्, ‘लोकतन्त्रको स्वाद चाख्न पाएको कार्यकर्ताले स्वतन्त्रता खोज्छ, अनि अभ्यास गर्नुपर्ने मत राख्छ । लुम्बिनीको चुनावको पदचापलाई मानेर अगाडि नबढे अब ओलीलाई अप्ठ्यारो पर्छ । अरू प्रदेशमा पनि निर्वाचनबाटै नेतृत्व माग हुने देखिन्छ ।’

लुम्बिनीमा सर्वसम्मति गराउन गरेको सबै प्रयास असफल हुनुले नेता/कार्यकर्ता ओलीसँग डराउने मनस्थितिमा नरहेको देखिने पोखरेल बताउँछन् । 

‘पार्टीमा लामो समय बिताएपछि चाहने नेतृत्व हो । नेतृत्वका लागि एकभन्दा बढी आकांक्षी छन्, भन् निर्वाचन हुनुलाई अस्वाभाविक किन मान्ने भन्ने देखियो । अब ओलीको हैकमको डर र त्रासबाट कार्यकर्ता मुक्त हुनुपर्छ भन्ने सन्देश लुम्बिनीले दियो,’ पोखरेल भन्छन्, ‘समयको चापअनुसार सहजै निर्वाचनतिरै जान दिए पनि ओलीले आफूलाई सच्याउन सक्छन्, नभए उनको शक्तिको ओरालो यात्रा अब कसैले रोक्न सक्दैन ।’

एमालेमा ओलीपछिको विरासत थाम्ने नेता को हो भन्ने प्रस्ट नभइरहेका बेला उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल टीमका उम्मेदवार लुम्बिनीमा आमनेसामने भएका हुन् । 

गुटगत छायाँ पर्न नदिन ओलीले पोखरेललाई चीन पठाउने र पौडेललाई काठमाडौं ल्याउनेसम्मको प्रयत्न गरे । तर, लुम्बिनीमा महासचिव पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीबाहेकका सबै पदाधिकारी ओलीले चाहेको उम्मेदवारविरुद्ध खुले ।

उपमहासिचव पौडेल, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, पद्या अर्याल, टोपबहादुर रायमाझी (निलम्बित)सहितका सबै प्रभावशाली नेता एक ठाउँमा उभिएपछि कँडेल र उनको लगभग सबैजस्तो प्यानल नै जीतसम्म पुग्यो । 

ओलीले कुनै पनि हालतमा रिजालको नाममा सर्वसम्मत गराउन भन्दै प्रदेश इन्चार्ज पद्मा अर्याललाई लेखेरै कागजको चिर्कटो थमाएका थिए । 

तर, पोखरेल र ज्ञवालीबाहेका अरू सबै प्रभावशाली नेता ओलीको निर्देशन लत्याएरै भए पनि लोकतान्त्रिक चुनावी प्रक्रियाबाट नेतृत्व चयन गर्नुपर्नेमा लागे ।

ओलीपछिको नेतृत्व को हो भन्ने बहस भइरहेका बेला लुम्बिनीको यो ध्रुवीकरणको अरू प्रदेशसम्म असर पार्ने र अर्को महाधिवेशनसम्म प्रस्टै दुई धार देखिने बताइन्छ । 

‘एमालेमा ओलीले अति गरे, उनले दुईतिहाइको सरकार, पार्टी, संसद् सबैतिर धावा बोले, अब उनीबाट चल्दैन, विकल्पमा जानुपर्छ भन्ने मत बलियो बन्दै गइरहेको छ ।​ ओलीविरुद्ध विद्या भण्डारीलाई अगाडि सारेर जान सकिन्छ भन्ने एकथरीको मत र प्रयास देखिन्छ । यसबाट ओली आत्तिएको पनि देखिन्छ,’ एमालेकै पुराना नेता राधाकृष्ण मैनाली भन्छन्, ‘ओलीले सचेत भएर लुम्बिनीबाट देखिएको परिवर्तनको लहरलाई नबुझे अरू प्रदेशमा पनि फैलने र आउँदो महाधिवेशनसम्म एमालेमा प्रस्ट ध्रुवीकरणको हुने पक्का छ ।’

ओलीपछि एमालेको नेतृत्व को भन्ने बहस चल्दा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच मुख्य प्रतिस्पर्धा छ । यसैले दुवै नेताले आफ्नो प्रभाव देखाउन र अध्यक्ष ओलीमाथि दबाब बढाउन शक्ति सञ्चय गर्ने अवसरको रूपमा प्रदेश अधिवेशनलाई लिएको नेताहरू बताउँछन् ।

‘एमालेमा तत्काल ओलीको विकल्प कसैले खोजेको छैन । तर, ओलीको उत्तराधिकारी को हुने भन्नेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच प्रतिस्पर्धा भइरहेको छ,’ एमाले स्रोत भन्छ, ‘यसैको स्वरूप लुम्बिनीमा देखिएको हो । यो मिल्न नसके सबै प्रदेशमा शंकर र विष्णुका नाममा अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना उत्तिकै छ ।’

एमालेको बुटवल महाधिवेशन

बाँकी प्रदेशमा चुनाव गर्नेबारे के भन्छन् नेताहरू ?

अब ८ र ९ असोजमा बाग्मती प्रदेश अधिवेशन हुँदैछ ।

पार्टी केन्द्रको धेरै प्रभाव रहने भएकाले यो प्रदेशको अधिवेशनले पनि निकै अर्थ राख्छ, किनकि यो प्रदेशमा अध्यक्षका लागि महेश बस्नेत, पार्वत गुरुङ, अरुण नेपाल, कैलाश ढुंगेल र केशव पाण्डेको मुख्य दाबेदारी छ । 

बाग्मतीमा अध्यक्ष ओलीको बलियो र एकलौटी जस्तो प्रभाव छ । यसैले यहाँ उनैले भनेको नेताका नाममा सहमति हुने सम्भावना धेरै रहेको बताइन्छ । तर, ओलीले अरूलाई अगाडि सार्न खोजे महेश बस्नेत अध्यक्षमा उठ्ने चर्चा छ । आफू उठ्दा विष्णु पौडेलको पनि साथ मिल्ने आशमा उनी रहेको नेताहरू बताउँछन् ।

‘अब बाग्मतीमा ओलीले महेश बस्नेतलाई बेवास्ता गरेर अर्को उम्मेदवार अगाडि सारे उपाध्यक्ष पौडेलले बस्नेतलाई उम्मेदवार बनाउने पक्का छ,’ एमाले स्रोत भन्छ । 

एमाले नेता रामेश्वर फुँयालले यसपटक अधिवेशनसँगै महंगी, भ्रष्टाचार, कुशासन, बेरोजगारी भूमिको समस्याजस्ता विषयमा खबरदारीमा गर्ने बताए । नेतृत्व मात्रै चयनभन्दा पनि सरकारलाई खबरदारी गर्न अधिवेशन आवश्यक भएको उनको भनाइ छ । 

‘हामी अधिवेशनमा त छौं नै, सँगै भ्रष्टाचारविरोधी अभियानमा पनि छौं,’ उनले भने, ‘यसैक्रममा हामी एउटा विधि प्रयोग गरेर नेतृत्व चयन गर्छौं ।’  सकेसम्म सहमतिको प्रयत्न गर्ने उनले बताए ।

‘स्वाभाविक हिसाबले हाम्रो पहिलो प्रयत्न सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने हुन्छ,’ उनले भने, ‘नभए लोकतान्त्रिक विधि अर्थात प्रतिस्पर्धा छँदैछ । एमालेले प्रतिस्पर्धालाई अस्वीकार गर्दैन ।’

आफू अध्यक्षको दाबेदार नरहेको उनले प्रस्ट्याए ।

कर्णालीमा१० र ११ गते प्रदेश अधिवेशन हुँदैछ । यहाँ पनि विष्णु पौडेल र शंकर पोखरेलका नाममा नेताहरू विभाजित भएको एक नेता बताउँछन् ।

‘लुम्बिनीमा चुनाव भएपछि अब विष्णु कि शंकर भन्नेमा खुल्न नेताहरूलाई सहज भएको छ,’ एमालेका एक नेता भन्छन्, ‘अब बाग्मतीमा चुनाव हुने अवस्थामा कर्णालीमा पनि अध्यक्षमा चुनाव हुने सम्भावना धेरै छ ।’

कर्णालीबाट विष्णु रिजाल, नीरज आचार्य, नगिन्द्र शाही, नवराज रावत मीनबहादुर शाही, राजबहादुर बुढा अध्यक्षका लागि मुख्य दाबेदार रहेको बताइन्छ । यमलाड कँडेल यतिखेर न्युट्रल हुँदा विष्णु रिजाल उपाध्यक्ष पौडेलनिकट रहेको नेताहरू बताउँछन् । कर्णालीमा गुलावजंग शाह, लक्ष्मी पोखरेल, भैरव श्रेष्ठसहितका नेता पनि अध्यक्षमा दाबेदार छन् ।

कोशीमा असोज १२ र १३ गते अधिवेशन हुँदैछ । लुम्बिनीमा जस्तै धेरै सिनियर नेताहरू रहेकाले कोशीमा के होला भनेर चासोपूर्वक हेरिएको छ । पूर्व राष्ट्रपति विद्या भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ यही प्रदेशबाट हुन् । 

प्रदेश अध्यक्षका लागि विशाल भट्टराई, विनोद ढकाल, घनश्याम खतिवडा, तुलसी न्यौपाने र टीकाराम चेम्जोङ मुख्य दाबेदार रहेको बताइन्छ । 

भण्डारी राजनीतिमा आउने चर्चा भइरहेका बेला कोशीमा के हुन्छ भन्नेमा धेरैको चासो छ । कोशीमा विनोद ढकाल र विशाल भट्टराई भण्डारीनिकट मानिन्छन् ।

निर्वाचन हुने अवस्थामा यी दुईमध्ये एकले प्रतिस्पर्धा गर्ने बताइन्छ ।

पूर्व राष्ट्रपति भण्डारीले खुलेर आफू राजनीतिमा आउने बताएकी छैनन् । बरु आफू अनुकूलको माहोल बनाउन उनले भूमिका खेलिरहेको बताइन्छ । त्यसैले ओलीको कोर टीमबाहेकका नेतालाई अगाडि सारेर चुनाव गराउने दबाब कोशीमा पनि हुने नेताहरू बताउँछन् ।

दाबेदार विनोद ढकालले केही नाममा चर्चा भए पनि को उम्मेदवार बन्ने अहिले प्रस्ट नभएको बताए । 

‘हामी आन्तरिक छलफलमा नै छौं, नेताहरूसँग नियमित परामर्श भइरहेको छ । प्रदेश कमिटी अहिलेभन्दा राम्रो कसरी हुन्छ भन्नेतिर हाम्रो छलफल केन्द्रित छ,’ उनले भने, ‘लुम्बिनीमा सहमति र प्रतिस्पर्धा दुवै भयो । हामी पनि भरसक सहमतिमै अघि बढ्छौं, नभए लोकतान्त्रिक विधि चुनाव छँदैछ ।’

अध्यक्षमा आफू पनि दाबेदार रहेको भन्दै उनले नेता/कार्यकर्तासँग परामर्श गरिरहेको जानकारी दिए । 

पार्टी अध्यक्ष केपी शर्मा ओली

के होला मधेशमा ? 

मधेश प्रदेशबाट यसपटक अध्यक्षमा पुरुषोत्तम पौडेल, रेवती पन्त, रामदयाल मण्डल, सुमन प्याकुरेल, राजकिशोर यादव र नवराज शर्माले अध्यक्षमा दाबेदारी पेस गरिरहेका छन् ।

नेता पुरुषोत्तम पौडेल मधेशमा सहमतिका नाममा हुने जबर्जस्ती कसैले पनि नरुचाउने बताउँछन् । 

‘मधेशमा चुनाव गराउँदा नै राम्रो हुन्छ, सहमतिको नाममा जबर्जस्ती गरेको मधेशका मान्छेले रुचाउँदैनन् । स्वाभाविक सहमति ठीकै भए पनि माथिबाट थोपरिएको सहमति राम्रो होइन । अघिल्लोपटकको समितिलाई पनि मधेशले स्वीकारेन,’ पौडेल भन्छन्, ‘पार्टी राम्रोसँग चलेन, त्यसैले यसपटक लुम्बिनीमा जस्तै लोकतान्त्रिक प्रणालीबाट चुनावबाट जानुपर्छ भन्ने मत बलियो छ । चुनाव हुँदा परिणामलाई स्वीकार्न सबैलाई बाध्यता हुन्छ । सहमति हुँदा तिक्तता र असहयोग हुन्छ ।’ 

गण्डकीमा असोज १५ र १६ गते अधिवेशन हुनेछ । यो पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रदेश हो । यहाँ स्थायी कमिटी सदस्य खगराज अधिकारी पनि प्रभावशाली मानिन्छन् । यद्यपि अधिकारीभन्दा गुरुङ शक्तिशाली रहेको नेताहरूको भनाइ छ ।

गुरुङको उपाध्यक्ष पौडेलसँग पनि राम्रो सम्बन्ध छ, यसैले गुरुङका उम्मेदवारमा सहमति नहुने अवस्थामा यहाँ पनि चुनाव हुने बताइन्छ । उम्मेदवार कति हुन्छन् भन्ने टुंगो लागेपछि सर्वसम्मत वा चुनाव भन्ने कुरा टुंगो लाग्ने गुरुङ बताउँछन् । 

‘हामी यतिखेर प्रदेश अधिवेशनमा छौं । लुम्बिनीमा सर्वसम्मत नेतृत्व खोजिए पनि अन्त्यमा चुनाव भयो । गण्डकीमा पनि हुने यस्तै हो । नेता र आकांक्षीबीच सहमति भए समस्या हुँदैन,’ उनी भन्छन्, ‘उम्मेदवार धेरै भए हुने चुनाव नै हो । हामीले चुनावलाई टार्ने भनेका छैनौं ।’

गण्डकीमा पनि अध्यक्षका धेरै दाबेदार छन् । धनञ्जय दवाडी, मायानाथ अधिकारी, नवराज शर्मा, मोहन रेग्मी, कृष्ण थापा, डा. सूर्य पाठक, रश्मी केसी मुख्य दाबेदार रहेको बताइन्छ । 

‘सहमतिको प्रयत्न हुन्छ, तर सहमति नेताको बीचमा होइन नेतृत्वमा आउनेको बीचमा हुनुपर्छ । पार्टी हित र गुटबन्दीरहित सहमतिको विरोध हामीले गरेका छैनौं,’ कर्ण थापा भन्छन्, ‘तर नेता चुन्ने पार्टी कार्यकर्ता र अधिवेशनले हो । सदस्यको यो अधिकारलाई खुम्च्याउनु हुँदैन भनेर हाम्रो जबजले नै भन्छ ।’ 

सुदूरपश्चिमका दाबेदार को–को ?  

एमाले विभाजनपछि सबैभन्दा बढी असर परेको सुदूरपश्चिममा पनि सहमति गरे कृष्ण जैसीको नाममा हुने र नभए निर्वाचन गर्नुपर्ने माहोल रहेको नेता कर्णबहादुर थापा बताउँछन् । 

जैसीबाहेक लालबहादुर थापा र वचन सिंह पनि दाबेदार हुन् । अहिलेका अध्यक्ष दामोदर भण्डारी सांसद भएका कारण अध्यक्ष बन्न नपाउने नेताहरू बताउँछन् ।

थापा मत दिएर नेता चुन्न पाउने कार्यकर्ताको अधिकारलाई खुम्च्याउन नहुने बताउँछन् । 

‘सहमतिको प्रयत्न हुन्छ, तर सहमति नेताको बीचमा होइन नेतृत्वमा आउनेको बीचमा हुनुपर्छ । पार्टी हित र गुटबन्दीरहित सहमतिको विरोध हामीले गरेका छैनौं,’ उनी भन्छन्, ‘तर नेता चुन्ने पार्टी कार्यकर्ता र अधिवेशनले हो । सदस्यको यो अधिकारलाई खुम्च्याउनु हुँदैन भनेर हाम्रो जबजले नै भन्छ ।’ 

प्रदेशको अधिवेशनअगाडि भीम रावललाई पनि जिम्मेवारी दिएर सक्रिय गराउने पक्षमा आफू रहेको उनी बताउँछन् । पछिल्लो समय ओलीले रावललाई मनाउने प्रयत्न गरिरहेका छन् । १० औं महाधिवेशनपछि रावल एमालेमा सक्रिय छैनन् । तर, जीतहारमा उनले खेल्ने भूमिकाले पनि ठूलो अर्थ राख्ने सुदूरपश्चिमका एमाले नेताहरू बताउँछन् ।

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x