×

सन्दर्भ: श्रीकृष्ण जन्माष्टमी

महाभारत युद्ध : सूचना नियन्त्रणदेखि कृष्ण–कर्ण संवादसम्म

काठमाडाैं | भदौ २०, २०८०

अश्वत्थामा हतोहतः इति नरोवा कुञ्जरोवा (अश्वत्थामा मारियो त्यो मान्छे हो वा हात्ती) सत्यवादी युधिष्ठिर को यो वाक्य युद्धमा विपक्षीलाई पराजित गर्न आज पनि एकअर्काविरुद्ध चलाइने ‘प्रोपोगान्डा वारफेर’को मूल मन्त्र हो ।

युधिष्ठिरले ‘....वा कुञ्जर’ भन्ने बेला कृष्णले चर्को शंख ध्वनिद्वारा त्यो शब्द सुन्न दिएनन् र गुरु द्रोणाचार्यलाई युद्ध भूमिमै मुर्छित बनाए । गुरु द्रोणाचार्य र अश्वत्थामा रण मैदानमा नरहनु नै महाभारत युद्धको नतिजा पाण्डवहरूको पक्षमा पर्नु थियो ।


Advertisment

‘प्रोपोगान्डा वार’ त्यसपछि संसारका लडाइँहरूमा हतियारभन्दा शक्तिशालीरूपमा देखा पर्‍यो । वास्तवमा निश्चित उद्देश्य प्राप्तिका लागि गरिने व्यवस्थित प्रचार नै प्रोपागान्डा हो । यसको रचयिता श्रीकृष्ण हुन् । उनको यो सोचको विकास महाभारत युद्धमा भयो ।


Advertisment

तपाईंले गीता र महाभारत अध्ययन गर्दा जुन कुराको गहिरो अनुभूति गर्नुभएको छैन, त्यो अनुभूति गर्न जरुरी छ ।  संसारलाई थाह छ, महाभारत ग्रन्थ राजनीतिक दाउपेचको सैद्धान्तिक ब्लुप्रिन्ट हो । राजनीति फोहोरी मात्र होइन, डरलाग्दो एवं क्रुसिएल गेम हो ।

विपक्षी विरुद्धको आक्रमणका लागि पाप, धर्म, वाचा बन्धन, इमान, नैतिकता, नियम, कानून र कुनै पनि सीमा हुँदैन । एक मात्र उद्देश्य युद्धरत प्रतिद्वन्द्वीलाई जित्ने हो, त्यसका लागि अन्तहीन दाउपेच र सीमाहीन संघर्ष सबै जायज हुन्छन् ।

यस कुरालाई राम्ररी बुझेका कृष्णले रणसंग्राममा गुरु द्रोणचार्यमाथि विजयी कठिन हुने सम्भावना देखे । कौरब पक्षमा भीष्म पितामह र गुरु द्रोणाचार्य जबसम्म मैदानमा रहन्छन्, त्यति बेलासम्म युद्ध अन्त्य नहुने र जित्न कठिन हुने बुझेका कृष्णले द्रणाचार्यलाई रणमैदानबाट विश्राम लिन युधिष्ठिरजस्ता सत्यवादीको पनि उपयोग गर्नुपर्‍यो । लडाईंमा सहभागीको कमजोरी थाहा छ भने जतिसुकै विशाल र भीमकाय शक्तिलाई पनि कूटनीतिबाट हराउन सम्भव छ भन्ने सन्देश महाभारतमा छ  ।

जसले जीवनमा थोरबहुत अपमानको कालकुट विष पिएर पचाउन सक्दैन, उसले औसत जीवन बाँचेको हुन्छ । शानदार जीवन, वासनादार चर्चा, दमदार फलोअर, अत्यासलाग्दो संघर्षद्वारा आर्जित र सिर्जित सम्पत्तिहरू हुन्, जसलाई रगत, पसिना र आँसुका माध्यमबाट पोेखिने लवणको स्वाद थाह हुँदैन, जसले जिन्दगीमा २/४ पटक कठिन अभावको सामना गर्दैन, जसले जिन्दगीमा आफूलाई कहिल्यै एक्लो र न्यास्रो महसुस गर्र्दैन र जसले जिन्दगीमा मृत्यु र पराजयको मोडबाट आफूलाई इन्चको फरकले जोगाएको हुँदैन, त्यो इमोसनले दिशानिर्देश गरेको पलासफूले जिन्दगी हो । त्यस्तो जिन्दगीबाट सिक्नुपर्ने कुनै सकरात्मक र प्रेरणादायी कुरा हुँदैन ।

संसारका सबै अमर र महान मानिसको लिखित वा अलिखित इतिहास भयानाक त्रासदीबाट गुज्रिएको हुन्छ । त्याग, तपस्या, बलिदान र समपर्णका अनगिन्ति शृंखला पार नगरी कोही महान् बन्न सक्दैन । जीवनमा आइपर्ने दुःख, पीडा, संघर्ष र त्रासका भीमकाय क्षणहरू जिन्दगीका लागि केबल अभिसाप होइनन्, बरु ती विराट सम्भावना र उज्ज्वल भविष्यका लागि उपहार हुन् । प्रायः मानिस ले भन्ने गर्छन्, जिन्दगीले परीक्षा कतिपटक लिन्छ ? नियतिले लखेट्न कहिले छोड्छ ? अनि जिन्दगीले दिने सही उत्तर के हो ? के संसारका महान् मान्छेहरूसँग सबै कुराको जवाफ हुन्छ ? झट्ट हेर्दा यी निकै गहकिला र विशाश प्रश्नहरू जस्तो लाग्छन् । वास्तवमा यी जिज्ञासाहरू नै अवान्छित हुन् ?

जहाँसम्म कृष्णको कुरा छ, जतिसुकै कठिन पलमा पनि मुस्कुराहट उनको जीवनको विशेषता देखिन्छ । उनी पछाडि फर्किँदैनन् । उनले आफ्नो विगतलाई लिएर कुनै युद्ध र चक्रव्यूहको रचना गरेनन् र भविष्यको परिणाम आफ्नो हातमा पार्न उनले कुनै कसर बाँकी राखेनन् ।

पहिलो, जतिपटक मुटुको धड्कन चल्छ, त्यो जिन्दगीको परीक्षा हो । श्वासप्रश्वास रोकियो भने झन् मानिस परीक्षाकै लागि योग्य रहेन । रक्त धमनीहरू सञ्चारित रहेनन् भने त्यो परीक्षा नै रद्द भयो । अझ जिन्दगीले कठिन परीक्षाहरू कतिपटक लिन्छ भन्ने जिज्ञासा हो भने त्यसका दुईचरण छन्, एउटा पल–पलमा आउने स–साना परीक्षाप्रतिको उदासीनता वा असफलता र अर्को जोखिमको तत्परता, आँट र साहसको स्केल । दोस्रो, जबसम्म नियतिमाथि नियत हावी हुन्न वा नियतले नियतिलाई लखेट्ने सामथ्र्य राख्दैन तबसम्म नियतिले लखेटिरहन्छ । निष्क्रिय मानिसहरूको मृत्यु नियतिको लखेटाइकै क्रममा हुन्छ । तेस्रो, यदि जिन्दगी हमेसा परीक्षामा हुन्छ भन्ने कुरा स्वीकार गरियो भने उसले दिने सही उत्तर पनि हमेसा असल कर्म हो । असलको परिभाषा समय, काल र परिस्थितिमा निर्भर रहने गर्छ । चौथो, संसारका महान मान्छेहरूसँग सबै कुराको जवाफ हुँदैन, बरु उनीहरूसँग सबै कुरामा सही प्रश्नहरू हुन्छन् ।

आज कृष्ण जन्माष्टमी अर्थात कृष्णको जन्मोत्सवका दिन महाभारतका दुई पात्र कृष्ण र कर्णको सोच पद्धति तुलना गर्दा हामीले आफूमा कुन प्रवृत्तिले घर गरेको छ र कुन प्रवृत्तिलाई स्थान दिनुपर्छ भन्ने कुरा थाहा हुन्छ । १८ पर्व र एक लाख श्लोक रहेको महाभारत होस् वा १८ अध्याय र ७ सय श्लोक रहेको गीता होस्, त्यसमा मैले सामाजिक मनोविज्ञान र सामाजिक प्रवृत्तिको जीवित प्रतिक्रियामा व्यक्त हुने दुई मुख्य पात्र कृष्ण र कर्णको तुलनात्मक अध्ययनको कोशिश गरें ।

कृष्ण–कर्ण संवाद

महाभारत युद्धका राजनीतिक कमिस्नार श्रीकृष्णलाई विपक्षी सेना (कौरवतर्फका योद्धा) कर्णले सोधे– मेरी आमाले मलाई जन्मनेबित्तिकै त्यागिन्, किनकि समाजको आँखामा म कुमारी आमाको अवैध सन्तान घोषित भएँ । आचार्य द्रोणले मलाई शिक्षा दिन अस्विकार गरे, किनकि उनको नजरमा म क्षेत्रीय थिइनँ । द्रौपदीको स्वयम्बरमा मलाई घोर अपमानित गरियो, किनकि राज्यको नजरमा म राजपरिवारको वंशज थिइन् । मैले पूरै जीवनभर अपमानको आँसु पिउनुपर्‍यो । हे केशव, मेरो अपराध के हो ?

मेरो अध्ययनमा कृष्ण कुशल, कुटिल र कमालका प्रतिमूर्ती हुन् । उनको ‘स्पीच थेरापी’ इतिहासकै सर्वाधिक उच्च कोटीको छ । झण्डै चार–पाँच हजार वर्ष पुराना भनिएका ग्रन्थहरूमा उनको जुन वाककला देखिन्छ, त्यो आफैंमा विचित्रको छ । सम्भवतः त हरेक संवादमा उनले आफ्नो वाककलाको महारथ प्रदर्शन गर्ने मौका चुकाउँदैनथे र कर्णलाई पनि त्यही शैलीमा जवाफ दिए ।

कृष्णले भने– हे सूर्यपुत्र, मेरो त जन्म नै कारागारमा भयो । मेरो जन्मअघि नै मलाई मृत्युले व्यग्र प्रतिक्षा गरिरहेको थियोे । जुन रात मेरो जन्म भयो, त्यही रात मलाई मेरा बा–आमाबाट खोसेर अलग राखियो । म जन्मेको दुईदिनमै ममाथि आक्रमण भयो । पटक–पटक मार्न खोजियो । मामा स्वयं ज्यानी दुश्मन बने । म जहाँ पुगें, त्यहाँ मैले नै सबै काम गर्नुपर्‍या, गाई चराउनेदेखि गोबर सोहर्नेसम्म । चुनौती ममाथि पनि कहाँ कम थियो र ? अन्यायमा माथि पनि सामान्य कहाँ थियो र ?

त्यसो भए फरक के हो त ? यहीँनेर एउटा भयानाक फरक छ, जसले जीवनको चरित्रलाई उद्घाटित गर्छ । कर्ण पछाडि फर्किन्छन् । उनले इतिहासको अपमानमाथि जीवन केन्द्रित गर्छन् । आफ्नो पृष्ठभूमिको बदलाका लागि शक्ति बटुल्छन् । अपमानको प्रतिशोध लिने दाउमा उनले आफूभित्र अभिमान र अहंकारको विकास गर्न थाल्छन् र आफ्नो अपमानको बदला लिन अन्याय र अत्याचारको हतियार बन्न पुग्छन् । यो बदलाका लागि जुनसुकै हद पार गर्ने, विगतको पीडाले वर्तमानलाई कैद गर्ने र पृष्ठभूमिलाई नै जीवनको अपरिवर्तनीय प्यार्टन ठानेर भविष्य अनिश्चित र अन्धकारतर्फ डोहोर्‍याउने प्रवृत्ति हो । समग्रमा यो असन्तोषको आगोमा पुतली बनेर आत्मदाह गर्ने नकरात्मक मिथक हो । तर, समाजको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्ने स्वभाव पनि हो ।

जहाँसम्म कृष्णको कुरा छ, जतिसुकै कठिन पलमा पनि मुस्कुराहट उनको जीवनको विशेषता देखिन्छ । उनी पछाडि फर्किँदैनन् । उनले आफ्नो विगतलाई लिएर कुनै युद्ध र चक्रव्यूहको रचना गरेनन् र भविष्यको परिणाम आफ्नो हातमा पार्न उनले कुनै कसर बाँकी राखेनन् । समस्यामा अल्झिने, गुनासाहरू पोख्ने, समाधान नपहिल्याउने, विवेक गुमाउने कुराबाट कृष्ण सधैँ टाढा रहे । विवेक, साहस, कार्यतत्परता र सही उद्देश्यको छनोटले उनलाई जिन्दगीमा कहिल्यै असफल बन्न परेन र पाँच हजार वर्षपछि पनि मानिसहरू उको महिमा गाउँदै भगवान ठानेर पूजा गर्ने गर्छन् । कर्ण र कृष्णमा विकसित सोच्ने पद्धतिले नै उनीहरूको जीवनकथा निर्माण गरेको कुरामा दुई मत हुन सक्दैन ।

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x