×

पुस्कालय दिवस

ज्ञान निर्माण र हस्तान्तरणमा पुस्तकालय : कागज क्रान्तिदेखि 'सर्च इन्जिन'को युगसम्म

काठमाडाैं | भदौ १५, २०८०

पाँच हजार वर्षअघि मेशोपोटामियाबाट शुरू भएको पुस्तकालय अभियानको पहिलो स्वरूप ईशापूर्व सातौं शताब्दीमा असुरबानिपालका समयमा स्थापित पुस्तकालयमा देखिन्छ । उतिखेर आसिरियन सम्राटले राजकीय अभिलेख, विभिन्न स्वरूपका पाण्डुलिपी र स्रेस्ताहरू संरक्षण गर्ने स्थलका रूपमा पुस्तकालय रहन्थे । आसिरियन, बेबिलोन, अलेक्जेन्ड्रियाजस्ता सभ्यताका केन्द्रका रूपमा चिनिएका एशियाली नगरबाट पुस्तकालयको विकास भएको थियो । 

प्राचीन वैदिक समाज ज्ञान निर्माणमा उत्कृष्ठ थियो । तर, त्यतिबेलाका ज्ञानहरू श्रुति र स्मृतिका माध्यमले पुस्ताहरूमा हस्तान्तरण हुँदै आएका थिए । लिपि र पुस्तकालयको व्यवस्थित रूप नहुँदा कैयन ज्ञान हस्तान्तरणको मार्गमा हराएका थिए, कति त विस्मृतिमा बिलाएका थिए । पश्चिमी दार्शनिक सेक्रेटसले एथेन्स नगरमा दिएका भाषण उनका शिष्यबाट व्यवस्थित रूप नदिएको भए त्यसपछिको समाज उनको दर्शन र दृष्टिकोणबाट लाभान्वित हुने थिएन । 


Advertisment

प्रारम्भमा शासक–सम्राटहरूले पढ्ने, लेख्ने, पाण्डुलिपिहरू संरक्षण गर्ने, मनोरञ्जन लिने उद्देश्यबाट विकास भएको पुस्तकालय अब कार्य, प्रयोजन र उद्देश्यमा विस्तारित भएको छ । प्राचीन समयमा स्क्राइबहरू पाण्डुलिपी, लेखोट र सरकारी अभिलेख संरक्षण गर्थे । पुस्तकालयलाई इतिहास र संस्कृति संरक्षणको रूपमा पनि उपयोग गरिन्थ्यो भन्ने कुरा प्राचीन इजिप्सियन इतिहास र सांस्कृतिक वैभवलाई नामेट गर्न ग्रीक सम्राटहरूबाट पटक–पटक गरिएको आक्रमण नियालेर थाहा पाउन सकिन्छ । 


Advertisment

प्लेटो र एरिस्टोटलले पुस्तकालयलाई दर्शन निर्माण गर्ने स्थल बनाए । अलेक्जेन्डरले यसैबाट प्रभावित भएर अलेक्जेन्ड्रियामा पुस्तकालय खोले । दोस्रो शताब्दीबाट चीनले हान वंशको उदयपछि पुस्तकालय खोल्ने कार्यलाई प्राथमिकतामा राख्यो । कागजको विकासअघि चिनियाँहरू बाँसका पातामा लेखेर अभिलेख सुरक्षित गर्थे । महंगा र महत्त्वपूर्ण कु्रा रेशम कपडामा स्वर्ण अक्षरमा लेखिन्थ्यो । ११५० मा स्पेन तथा जर्मनीमा कागजको विकास भएपछि पुस्तकालय विकास हुने अर्को आधार खडा भयो । १४३९ मा जर्मन नागरिक गुटेनवर्गले छापाखानाको आविस्कार गरेपछि ज्ञान प्रकाशन, अभिलेखन र प्रसारणमा तहल्का नै मच्चियो ।

धर्म, संस्कृति र साम्प्रदायिक प्रभाव विस्तारका लागि पनि पुस्तकालयहरू खोलिए । मुस्लिमहरूले पुस्तकालयलाई ज्ञानको भण्डार (हाउस अफ विज्डम) का रूपमा लिन थाले, हिन्दूहरूले शास्त्रको भण्डारमा लिए, इसाइहरूले भगवानका उपदेश विस्तारको स्रोतमा यसलाई विस्तार गर्न थाले भने बुद्धिष्टहरू सूत्र, विनय र अभिधर्म पिटक (त्रिपटिक) मा ज्ञान जम्मा गदै प्रसार गर्न थाले । विश्वविद्यालयले ज्ञान निर्माणलाई पुस्तकालयलाई उपयोग गर्न थाले । ठूल्ठूला पुस्तकालयहरू स्थापना हुन थालेपछि उन्नाइसौं शताब्दीबाट यसलाई व्यवस्थित गर्न कानूनको आवश्यता महसूस गरियो र युरोप अमेरिकामा पुस्तकालयसम्बन्धी कानूनहरू बने ।

जे जस्ता स्वरूप, संरचना र आकारमा भए पनि पुस्तकालयको उपयोगिता एकै हो । पहिलो त यसले जानकारीको पहुँच बढाउँछ । पुस्तक ज्ञानको शिक्षक र मार्गदर्शकका रूपमा रहन्छ । ज्ञानले व्यक्तिको मानसिक क्षितिज उघारिदिन्छ, चेतना दिन्छ, सशक्तीकरण गर्छ । यसले अन्य व्यक्ति, ठाउँ, विचार र विषयमा जानकारी दिन्छ ।

कम्प्युटर र इन्टरनेट प्रविधिको विकासपछि डिजिटल लाइब्रेरीको अभ्यास भयो । माइकल स्टेर्न हार्टबाट ई–बुक (इलोक्ट्रोनिक बूक) डिजाइन गरी इन्टरनेटबाट सजिलै सबैले पाउने व्यवस्था गरेपछि पुस्तकालय विधामा अर्को क्रान्ति आयो । यसले शास्त्रीय पुस्तकालय परम्परा वा पढ्ने, पुस्तक संरक्षण गर्ने, हस्तान्तरण गर्ने विधिमा आमूल परिवर्तन ल्यायो । समय र पहूँचका अवरोधहरूलाई पनि भत्काइदियो, जसले जतिखेर जहाँबाट पनि पुस्तक पढ्न पाउने भए । तर, भुल्न नहुने कुरा के हो भने यसले पुस्तकालय पद्धतिलाई प्रतिस्पथापन गरेको नभै स्वरूप र पहुँचलाई मात्र बदलेको हो । जे होस्, आजभोलि डिजिटल अर्काइभ, संस्थागत संरक्षण र राष्ट्रिय पुस्तक संरक्षणलाई डिजिटाइज्ड स्वरूपमा लिइन्छ । 

डिजिटल पुस्तकालयले पहुँचमा दिने व्यापकता, विषयवस्तुको आद्यावधिकता, ताजापनको उपलब्धता, प्रसार सहजता, पुस्तकालय खुल्ने/बन्द हुने समयको अन्त्य, एकसाथ कैयन व्यक्तिले पढ्न सक्ने अवसर, पुस्तकालय व्यवस्थापनमा सहजीकरण र सुरक्षाका साथै रियल टाइममा गर्न सकिने अन्तरक्रियाजस्ता विशेषता ल्याइदिएकाले पुस्तक प्रणाली र पाठ्य अभ्यास नै विस्तार भएको छ । यसले पठन संस्कृतिलाई कहाँकोकहाँ पुर्‍याइदिएको छ । 

जे जस्ता स्वरूप, संरचना र आकारमा भए पनि पुस्तकालयको उपयोगिता एकै हो । पहिलो त यसले जानकारीको पहुँच बढाउँछ । पुस्तक ज्ञानको शिक्षक र मार्गदर्शकका रूपमा रहन्छ । ज्ञानले व्यक्तिको मानसिक क्षितिज उघारिदिन्छ, चेतना दिन्छ, सशक्तीकरण गर्छ । यसले अन्य व्यक्ति, ठाउँ, विचार र विषयमा जानकारी दिन्छ । परिस्थितिको चिनारी, विषयबोध, अवधारणाको विकास र समझदारी निर्माणलाई आधार दिन्छ ।

व्यक्तिलाई सोच र संस्कारको ढोका खोलिदिन्छ । बाहिरी विश्वलाई चिन्नु, परको जान्नुले व्यक्तिको पहिचान विस्तार पनि गर्न पुग्छ । पुस्तकालय ज्ञान निर्माणको कार्यशाला हो । पुस्तकभित्र समेटिएका विचार, दर्शन, तथ्य, आँकडा तथा जानकारीले व्यक्तिको सिर्जनशीलता, प्रवत्र्तन, क्षमता र अग्रसरता विकास गर्छ । खास विषयमा अभिरुचि जगाउँछ ।

समाजलाई नवोन्मेषी, ज्ञानमुखी, आविस्कारमुखी बनाउँदै परिवर्तनको प्रवाहमा हेलिदिन्छ । समाज यसरी नै आजको अवस्थामा आइपुगेको हो । कल्पना गरौं त श्रुति–स्मृतिको भरमा मात्र विश्वमा ज्ञान प्रसार हुन्थ्यो भने विश्व यो अवस्थामा आउन मानव सभ्यता विकास गर्न कति असजिलो हुन्थ्यो होला ? आजको पुस्ता प्रविधिको पारखी बनिरहने अवस्था आउँथ्यो होला र ? 

पुस्तकले दिने अर्को विषय संस्थात्मक सम्झना, समाज र पुस्ताका सम्झनालाई निरन्तरता दिनु पनि हो । निरन्तरता मात्र हैन, ज्ञान र विचार हस्तान्तरण गर्ने क्रमसँगै परिस्कार पनि गरिदिन्छ । त्यसो गर्ने शक्ति, सामर्थ्य र साहस पाठकलाई दिन्छ । व्यक्तित्व विकासको आधार त हुँदै हो, यसले जीवनपर्यन्त शिक्षालाई आधार दिन्छ । पुगे/नपुगेको ठाउँमा पुर्‍याइदिन्छ, मनोरञ्जन दिन्छ, दर्शन दिन्छ, दृष्टि दिन्छ र व्यक्ति आफ्नो मत अभिमत निर्माण गर्न सक्ने अवस्थामा पुग्छ । 

आधुनिक लोकतन्त्रमा संस्था र शासकलाई जवाफदेही बनाउने र समाज सुशासित हुने मार्ग प्रशस्त गर्छ । नागरिक जीवन स्वयं नियमित हुन, सुसूचित हुन, जिम्मेवार हुन र सदाचारी हुन सिकाउँछ । वौश्विक रूपमा वसुधैव कुटुम्बकमलाई संस्थागत गराउँछ । त्यसैले मुलुकहरू, समुदायहरू पुस्तकालय विकासको अभियानमा लागेका छन् । पठन संस्कृति, ज्ञान संस्कृति विकासमा लागेका छन् । त्यसैले कसैले भुल्न हुँदैन यो ज्ञानको केन्द्र हो, यसका दृश्य–अदृश्य उपयोगिताका आयाम छन् । 

एक्काइसौं शताब्दी लाग्नै लाग्दा मानव पुस्तकालयको अवधारणा विकास भएको छ । हुनतः आदिम कालका गुरुकुलहरू, ऋषिस्थलहरू मानव पुस्तकालय नै थिए । तर, यसलाई पुनस्मरण र पुनर्बोध गर्ने प्रयास हुन थालेको छ । वास्तवमा मानव ज्ञान, आर्जित अनुभव र विचार अक्षरले चाहेर पनि उठाउन सक्दैन । समय, परिवेश र विकसित विधि, लिपि र प्रविधिले मानवीय ज्ञानको पूर्ण आयामको चित्रण गर्न सक्दैन, न सम्प्रेष नै गर्न सक्छ । 

यति ठूलो ज्ञानको भण्डार मानिस बाहेक अरू को हुन सक्छ ? स्वयं मानिसलाई किताबका रूपमा प्रस्तुत गरेर दर्शकलाई पाठक बनाएर ज्ञान अनुभव हस्तान्तरण गर्ने काम २००० मा कोपेनहेगेनबाट शुरु भयो । मानिसमा अवचेतन तहमा अग्रह र विविधताको पहिचान, अनुभव र विशिष्ट ज्ञानको उदात्तीकरण एवं पुस्तक र पाठकको प्रत्यक्षीकरण मानव पुस्तकालयमा गरिन्छ ।

लाखौं पुस्तकभन्दा एक व्यक्तिको ज्ञान बढी हुनसक्छ । मानिसले स्वभाव वा सामर्थ्यका कारण पनि ज्ञान तथा अनुभूतिलाई अक्षरमा नउतारेको हुनसक्छ ।

लाखौं पुस्तकभन्दा एक व्यक्तिको ज्ञान बढी हुनसक्छ । मानिसले स्वभाव वा सामर्थ्यका कारण पनि ज्ञान तथा अनुभूतिलाई अक्षरमा नउतारेको हुनसक्छ । मानव पुस्तकालयमा पाठक मानव पुस्तकबाट सम्वाद र शब्द मात्र होइन, संवेग पनि प्राप्त गर्छ । अनुभव मात्र होइन, अनुभूति पनि प्राप्त गर्दछ । ज्ञान र विचारका लुकेका, लुकाइएका विषय पनि उजागर हुनपुग्छ । त्यसैले यो जीवन्त पुस्तकालय हो, जहाँ पुस्तक पनि पाठकबाट ज्ञान आर्जनमा पुग्छ । यो ज्ञानको सम्पूर्ण आयाम खोल्ने जीवन्त स्थल हो । तर, यसलाई व्यवस्थित गर्ने धेरै कामहरू अझै बाँकी छन् । यसको निष्कर्षलाई किताब वा डिजिटल अर्काइभमा संरक्षण गर्ने काम धेरैजसो मानव पुस्ताकालयले गरेका छैनन् ।

मानव पुस्तकको छनोटमा आग्रह रहन सक्छ र मानव ज्ञान पस्किन अभिरुचि नराख्न सक्छ । त्यस अवस्थामा मानव पुस्तकबाट पुस्ताहरू लाभान्वित नहुन सक्छन् । कसरी मानव पुस्तकालयलाई व्यवस्थित गर्ने भन्ने सोच र नीति व्यवहारहरू पुस्तकालय अधिकारीले लिनु पर्छ । 

आधुनिक प्रविधिले अदृश्य क्लाउडलाई पुस्तकालय बनाउँदैछ । सर्च इन्जिनहरूले पाठकका अभिरुचि अनुरूप भनिएको समयमा भनिएका विषय पस्किन थालेका छन् । कृत्रिम बौद्धिकताले पुस्तक लेख्न थालेको छ । सिस्टम सफ्टवेयरहरू पुस्तकालय सञ्चालक बन्न थालेका छन् र अबको पुस्ता विस्तारै यान्त्रिकृत, निमानवीकृत र पुस्तकहीन बन्ला कि भन्ने खतरामा छ ।

मानवले निर्माण गरेको प्रविधिबाट स्वयं मानव नै विस्थापित होला कि भन्ने खतरालाई सम्बोधन गर्न पनि पुस्तकालय कार्यशाला हो । 

त्यसैले पुस्तकालय इतिहासदेखि आजसम्मको पाँच सहश्राब्दीको विकासक्रममा आइपुग्दा भौतिक, पाठ्य, देख्य, श्रव्य, विद्युतीय अनेकन स्वरूप संरचना लिइसकेको छ । किताबका रूपहरू स्मृति–श्रुति, ढुङ्गे–काठ्य किताब, छापा किताब, अडियो किताब, डिजिटल पेज, मानव किताब र यिनीहरूका मिश्रित स्वरूपमा आइपुगेको छ । लोकतन्त्र, सुशासन भनौं कि सभ्यता किताबसापेक्ष हिँड्ने गरेको छ । तर, सबै समाज पुस्तकालयबाट लाभान्वित हुन सकेका छैनन् । समुदाय र राज्य संरचनाहरू, पुस्तकालय विकास र सम्बद्र्धनमा संवेदनशील हुनुपर्ने धेरै ठाउँ बाँकी छ । लगानी, व्यवस्थापन, जागरुकता र प्रयासहरू बाँकी छन् । तर भुल्नु हुन्न, पुस्तकलय ज्ञान निर्माण, संरक्षण र हस्तान्तरणको महाअभियान हो । यही अभियानले सभ्यता र समृद्धिको जग मजबुत बनाउने गर्दछ । यो समाज, समय र पुस्ताको सेतु पनि हो । (@mainaligopi) 

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x