×

Dabur
MG

सिनजियाङको मरुभूमिमा चीनले किन खन्दैछ सगरमाथाको उचाइभन्दा पनि गहिरो खाडल ?

काठमाडाैं | जेठ २६, २०८०

NTC
Marvel
Photo Credit : Getty Image
IME BANK INNEWS
Premier Steels

चीनले आफ्नो उत्तरपश्चिमी राज्य सिनजियाङमा रहेको ताक्लामाकान मरुभूमिमा ११ किलोमिटर (११ हजार १०० मिटर) भन्दा बढी गहिरो खाडल खन्न शुरू गरेको छ । यो योजनाको काम गत साताबाट शुरू भएको हो ।

yONNEX
Sagarmatha Cement

चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार यो गहिरो खाडल पृथ्वीको सबैभन्दा पुरानो क्रेटासियस कालीन तहसम्म पुग्नेछ। क्रेटासियसलाई १४५ देखि ६६ मिलियन वर्ष पुरानो भौगोलिक अवधि मानिन्छ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

यो योजना ४५७ दिनमा सम्पन्न हुने अपेक्षा गरिएको छ । यस अवधिमा त्यहाँ कार्यरत श्रमिक तथा भूगर्भविद्हरू दिनरात 'हेभी मशिनरी'का साथ काममा व्यस्त रहनेछन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

यो योजनालाई चीनको सबैभन्दा ठूलो उत्खनन् योजना मानिएको छ । यसअघि चीनको सबैभन्दा गहिरो 'ड्रिल' १० किलोमिटर बराबर थियो ।

Vianet communication
Laxmi Bank

चीनले बनाउँदै गरेको यो खाडल मानिसले बनाएको सबैभन्दा गहिरो खाडल भने हुने छैन ।

यसअघि सन् १९८९ मा १२ हजार २६२ मिटर अर्थात् १२ किलोमिटरभन्दा बढी गहिराइसम्म 'ड्रिल' गरेर रुसले कीर्तिमान बनाएको थियो ।

चीनबाट यो ठूलो योजनाको घोषणा यस्तो समयमा भयो छ, जुन समयमा चीनले विश्वको प्राविधिक र वैज्ञानिक शक्तिका रूपमा आफ्नो स्थिति बलियो बनाउन महत्त्वपूर्ण कदम चालिरहेको छ ।

चाखलाग्दो कुरा के छ भने जुन दिन यो नयाँ योजनामा ​​काम शुरू भएको थियो, त्यही दिन चीनले आफ्ना तीनजना अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष कक्षमा रहेको स्टेसनमा पठाएको थियो।

अन्तरिक्ष स्टेसनमा अन्तरिक्ष यात्रीहरू पठाउने यो कदम चीनको ठूलो अन्तरिक्ष परियोजनाको एक हिस्सा हो, जसअन्तर्गत उसले २०३० अघि चन्द्रमामा पाइला राख्ने प्रयास गरिरहेको छ ।

यस्तो परिस्थितिमा विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ (८ हजार ८ सय ४८ दशमलव ८६ मिटर) भन्दा पनि गहिरो खाडल चीनले किन खन्दैछ  ?

करीब दुई वर्षअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले देशको वैज्ञानिक समुदायलाई पृथ्वीको गहिराइमा रहेका स्रोतहरूको खोजीमा अगाडि बढ्न आग्रह गरेका थिए।

सीले निर्देशन दिएको करीब दुई वर्षपछि अहिले महत्त्वाकांक्षी परियोजनामा काम शुरू भएको छ ।

चीनमा तेल र ग्यास अन्वेषणमा काम गर्ने देशको सबैभन्दा ठूलो कम्पनी चाइना नेसनल पेट्रोलियम कर्पोरेसनका प्रतिनिधि लिउ सियाङ्गले दुईवटा उद्देश्यले यो परियोजना अगाडि बढाइएको बताएका छन्- पहिलो पेट्रोलियम पदार्थ उत्खनन् र दोस्रो वैज्ञानिक अन्वेषण ।

ताक्लामाकान मरुभूमिको गर्भमा ठूलो परिमाणमा ग्यास तथा पेट्रोलियम पदार्थ रहेको अनुमान छ ।

यस्तो गहिरो खाडललाई कायम राख्नु पनि ठूलो चुनौती भएको प्राध्यापक क्रिस्टियन फारियास बताउँछन् ।

सोभियत रुसले विगतमा १२ किलोमिटरको गहिराइ नाघ्न सफल भए पनि पृथ्वीको भित्री तहमा पुग्न निकै कठिनाइ झेलेको थियो । सोभियत संघको पतनसँगै सो परियोजना नै विफल हुन पुगेको थियो ।

चाइनिज एकेडेमी अफ इन्जिनियरिङका वैज्ञानिक सन जिनले सिन्ह्वालाई भने, 'यो ड्रिलिंग परियोजना दुई पातलो स्टिलको तारमा ठूलो ट्रक चलाउनु जस्तै हो ।'

उनको भनाइले पनि प्रस्ट पार्छ कि यो निकै कठिन योजना हुनेछ ।

  • बीबीसी हिन्दीको सहयोगमा

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १३, २०८०

अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।  न्यू साउथ वेल्स प्रहरीका अनुसार सिड्नीको दक्षिणमा रहेको बोटनी बेमा आपत्कालीन सेवाका...

असोज १३, २०८०

चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भएका छन् । तीमध्ये दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएको शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय  निकायलाई उद्धृत गर्दै अ...

असोज १३, २०८०

अलास्का- अमेरिकी र भारतीय सेनाको संयुक्त युद्ध अभ्यास अमेरिकाको अलास्कामा शुरू भएको छ । दुई देशबीच जारी युद्धाभ्यासअन्तर्गत यो संयुक्त रणनीतिक  अभ्यास हो ।  दुवै देशका सेनाले शुक्रबार अलास्कामा अभ्य...

असोज १४, २०८०

सिरियाली लेखक तथा वरिष्ठ सरकारी आलोचक खालेद खलिफाको ५९ वर्षको उमेरमा दमास्कसस्थित आफ्नै घरमा हृदयघातका कारण निधन भएको छ । उत्तरपश्चिमी अलेप्पो प्रान्तको मरियमिनका खलिफालाई उनका उपन्यास, टेलिभिजन पटकथा र अख...

असोज १४, २०८०

अर्मेनियाका अनुसार नागोर्नो–काराबाख क्षेत्रबाट एक लाखभन्दा बढी आदिवासी आर्मेनियाली पलायन भएका छन् ।  गत साता अजरबैजानले कब्जा जमाएपछि आदिवासी आर्मेनियाली आफ्नो बहुलता भएको स्थानबाट पलायन भएको&nb...

असोज १३, २०८०

पेरिस– हङकङको हवाई सेवा प्रदायक कम्पनी क्याथे प्यासिफिकले विमान निर्माता कम्पनी एयरबसबाट ३२ वटा ए३२० निओ विमान खरिद गर्ने भएको छ । क्याथे प्यासिफिकले चीन र एसियाली क्षेत्रमा सेवा विस्तारका लागि थप विमान ...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x