×

विश्व एड्स दिवसको अवसरमा दीप प्रज्वलन

मंसिर १५, २०८०

३६औं विश्व एड्स दिवसको अवसरमा शुक्रवार तनहुँको दमौलीस्थित प्रशासन चोकमा दीप प्रज्वलन गरिँदै । एड्सबाट मृत्यु भएकाको सम्झनामा नौलो घुम्तीको आयोजनामा दीप प्रज्वलन गरिएको हो । तस्वीर : कृष्ण न्यौपाने/रासस

मंसिर १५, २०८०

चिसोका कारण पानी जमेपछि देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुण्ड ताल । समुद्री सतहदेखि ४ हजार १९५ मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल अन्नपूर्ण हिमालको फेदीमा छ । तस्वीर :&nb...

मंसिर १५, २०८०

घोराही उपमहानगरपालिका– १५ स्थित गुम्रा चोकमा उपमहानगरपालिकाको लगानीमा निर्माण गरिएको घोडाको प्रतिमा । तस्बिरः रासस

मंसिर १५, २०८०

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित पवन मण्डलको माछा पोखरीमा अन्दाजी ३५ किलो र ५ फिट लम्बाइ  फेला परेको  गोही । तस्बिरः रासस

मंसिर १४, २०८०

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ पञ्चकुुण्ड तालमा चिसोले हिउँ जमेपछि त्यसमाथि रमाउदै पर्यटक । अन्नपूूर्ण हिमालको फेदीमा रहेको पञ्चकुुण्ड ताल चिसोका कारण पानी जमेको छ । तस्बिर -रासस

मंसिर १३, २०८०

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली  बुधबार साँझ बैतडीस्थित प्रसिद्ध निङलाशैनी भगवती मन्दिरमा सन्ध्या आरतीमा सहभागी हुँदै । तस्बिरःरासस

मंसिर १२, २०८०

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री जनार्दन शर्मा  रुकुम पश्चिमका भूकम्प प्रभावित  स्थानीय तहमा   स्वयमंसेवकका रुपमा खट्न लागेका  पार्टीका नेता कार्यकर्तासँग मङ्गलबार छलफल गर्दै ...

मंसिर १२, २०८०

महानगरीय प्रहरी वृत्त महाराजगञ्जको सडक किनारमा ट्राफिक प्रहरीद्वारा विभिन्न कसुरमा नियन्त्रणमा लिइएका दुई पांग्रे सवारी साधन । सवारी धनी सम्पर्कमा नआउँदा बेवारिसे अवस्थामा छन् । तस्वीर : हरिराम भेटवाल/रासस

मंसिर १२, २०८०

सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका– ५ स्थित रातानाङ्ला बजारको ड्रोन क्यामराबाट देखिएको दृश्य । यो बजार सुर्खेत, दैलेख, जाजरकोट, जुम्लाको मुख्य व्यापारिक केन्द्रसमेत हो । तस्वीर : ...

मंसिर १०, २०८०

मोरङको लेटाङ नगरपालिका–१ स्थित रहेको राजारानी पोखरी । यस स्थानमा धिमाल जातिका राजाको दरबार रहेको भन्ने किंवदन्ती छ । तस्वीर : विवेक मिश्र/रासस

मंसिर ७, २०८०

गोरखाको सहिद लखन गाँउपालिका–६, घैरुङस्थित एक स्थानीयवासीले घरमै पालन गरेको अरिङ्गालको गोला । तस्बिर-रासस

मंसिर ७, २०८०

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ञको तारापुर क्षेत्रको आँपको रुखमा बसेको वन माहुरी । जलवायु परिवर्तनका कारण वन माहुरी लोप हुने अवस्थामा पुगेको छ । तस्बिर-रासस

मंसिर ६, २०८०

काठमाडौं उपत्यकामा बिहीवार मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेत्तृत्वमा प्रदर्शन हुँदैछ ।   राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले आयोजना गरेको उक्त प्रदर्शनमा भाग लिन देशका व...

मंसिर ६, २०८०

दाङको घोराही उपमहानगरपालिका १७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा । जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरू नदी, जलाशय नजिक बस्ने गर्छन् । तस्वीर : कुलदीप न्यौपाने/रासस

मंसिर ६, २०८०

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–८ बजराही गाउँमा गएराति सामा चकेवा खेल्दै दिदीबहिनी । तस्वीर : सञ्जीतकुमार मण्डल / रासस

मंसिर ४, २०८०

कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मीटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा । कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन स...

मंसिर ३, २०८०

छठ पर्वको मुख्य दिन आज सूर्यको पूजा आराधना गरिएको छ । तराईमधेशसहित काठमाडौं उपत्यकालगायत देशका धेरै जिल्लामा जलासयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी छट पूजा गरिएको हो ।  काठमाडौंमा बागम...

मंसिर ३, २०८०

छठ पर्वका अवसरमा आइतवार सुनसरी खोलाको स्वर्गद्वारी घाटमा अस्ताउँदो सूर्यको पूजा गर्दै व्रतालु । तस्वीर :  नवीन गड्तौला/रासस